दोधारा चाँदनी- कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ स्थित झोलुङ्गे पुलभन्दा माथिल्लो क्षेत्रमा महाकाली नदीमा नुहाउने क्रममा डुबेर एक युवाको मृत्यु भएको छ।
मृत्यु हुनेमा दोधारा चाँदनी नगरपालिका–२ निवासी अन्दाजी २२ वर्षीय मोहन सिंह ठगुन्न रहेका छन्। उनी नुहाउने क्रममा महाकाली नदीमा डुबेका थिए। खोजीपछि उनको शव फेला परेको हो।

फेला परेको शव पोस्टमार्टम (शव परीक्षण) का लागि दोधारा चाँदनी नगर अस्पताल लगिएको छ।



