Clickable Banner Ad

दोधारा चाँदनी–१० गिरि टोलमा ट्रान्सफर्मर स्थापना, बत्तीको समस्या अन्त्य हुने विश्वास

दोधारा चाँदनी- दोधारा चाँदनी नगरपालिका–१० स्थित गिरि टोलमा डम्मर शाहीको घर नजिकै नयाँ ट्रान्सफर्मर जडान गरिएको छ। यसबाट १८ नं टोल, गिरि टोल र खडका टोलका बासिन्दाहरूलाई राहत मिल्ने विश्वास लिइएको छ।

Advertisement

विगत केही समयदेखि सो क्षेत्रमा अत्यधिक लोडका कारण बारम्बार बत्ती जाने, भोल्टेज घट्ने जस्ता समस्या देखा पर्दै आएका थिए। नयाँ ट्रान्सफर्मर जडान भएपछि स्थिर र भरपर्दो विद्युत आपूर्ति हुने स्थानीयवासीको आशा छ।

वडा अध्यक्ष चन्द्र बहादुर सिंहले जानकारी दिँदै भने, “वडावासीको दीर्घकालीन माग र समस्या बुझेर हामीले ट्रान्सफर्मर जडानको पहल गरेका हौं। यसले अहिले देखिएको विद्युत समस्या धेरै हदसम्म समाधान गर्नेछ।”

समाजसेवी तथा युवा नेता सुरेश गिरिले पनि यस कार्यको सराहना गर्दै भने, “ट्रान्सफर्मर जडानले हाम्रो टोलमा विद्युत सेवा थप मजबुत हुनेछ। यसले स्थानीय युवा, विद्यार्थी र व्यवसायीहरूलाई ठूलो राहत दिनेछ। हामी सबैले यस सुधारलाई संरक्षण गरी अझ प्रभावकारी बनाउन सहयोग गर्नुपर्छ।”

स्थानीयवासी राम शाहीले खुसी व्यक्त गर्दै भने, “हामी वर्षौंदेखि यो समस्याले हैरान थियौं। अब बालबालिकाले पठनपाठन गर्न सजिलो हुनेछ, घरायसी कामहरूमा पनि सहजता आउनेछ।”

त्यस्तै, मनकला खड्काले भनिन्, “बत्तीको अस्थिरताका कारण हाम्रो दैनिकी अस्तव्यस्त थियो। अब भने यो समस्या समाधान हुने विश्वास छ।”

नयाँ ट्रान्सफर्मर जडानसँगै स्थानीयबासीले सहज र स्थायी विद्युत सेवाको अनुभव गर्ने अपेक्षा गरिएको छ।

Loading

Leave a Comment

Advertisement
Advertisement