ट्रेण्डिङ

दोधारा चाँदनी, कञ्चनपुर – दोधारा चाँदनी नगरपालिका–६ स्थित शान्ति टोलमा गोहीले गाउँकै पोखरी किनारमै बच्चा जन्माएको अनौठो र चिन्ताजनक घटना सार्वजनिक भएको छ।

स्थानीयवासीहरूका अनुसार गोहीले पोखरीको छेउमा २७ वटा बच्चा जन्माएको दृश्य देखिएको छ। तीमध्ये केहीलाई गोहीले मुखमा हालेर पोखरीतर्फ लैजाने दृश्य स्थानीयले आफ्नै आँखाले देखेका थिए।

वडाध्यक्ष ओम बस्नेत भन्छन्, “यो पहिलो घटना होइन। यसअघि पनि गोहीले गाउँकै आसपासमा बच्चा जन्माएको थियो। तर त्यतिबेला पनि निकुञ्ज प्रशासन मौन नै रह्यो।”

उनले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र सम्बन्धित वन कार्यालयलाई पटक–पटक जानकारी गराइए पनि कुनै चासो नदिएको आरोप लगाए। “निकुञ्जको लापरबाहीका कारण अब कुनै अप्रिय घटना भयो भने त्यसको जिम्मा कसले लिन्छ?” बस्नेतको जिज्ञासा छ।

स्थानीयहरू त्रसित छन्। बालबालिका, पशुचौपाया तथा बस्तीका मानिसको सुरक्षामा खतरा बढेको उनीहरूको भनाइ छ।

स्थानीय समाजसेवी चन्द्र बहादुर रोकाया भन्छन्, “गाउँकै केन्द्रमा गोहीको गतिविधि देखिनु गम्भीर कुरा हो। तत्काल सुरक्षा कदम चालिनुपर्छ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd. <