Clickable Banner Ad

एमालेका नर बहादुर सुनार राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

कञ्चनपुर, दोधारा चाँदनी — दोधारा चाँदनी नगरपालिका वडा नं १० का निवर्तमान वडा अध्यक्ष नर बहादुर सुनारले नेकपा (एमाले) परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा एकल रूपमा प्रवेश गरेका छन्।

Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टीको स्थानीय संगठनद्वारा आयोजित एक कार्यक्रममा उनले औपचारिक रूपमा सदस्यता ग्रहण गरेका हुन्। सुनारले कुनै समुह वा टोली नलिई एकल निर्णयमा पार्टी परिवर्तन गरेका हुन्।

उनले पार्टी परिवर्तन गर्नुको मुख्य कारण स्थानीय सरकारमा देखिएको स्वेच्छाचारी प्रवृत्ति र जनताको अपेक्षा विपरीतको व्यवहार भएको जनाएका छन्। “स्थानीय सरकार जनप्रतिनिधिको होइन, एक व्यक्तिको कब्जामा जस्तो भइरहेको छ,” सुनारले बताए।

हाल दोधारा चाँदनी नगरपालिकामा एमालेबाट निर्वाचित मेयर किसोर कुमार लिम्बू सहित ६ जना वडा अध्यक्ष कार्यरत छन्। तर, मेयर लिम्बूको कार्यशैलीप्रति स्थानीयवासी र जनप्रतिनिधिहरूबाट बेलाबेलामा आलोचना हुँदै आएको छ। आरोप अनुसार मेयरको निर्णयमा पारदर्शिता र परामर्शको अभाव देखिन्छ।

रास्वपामा प्रवेशसँगै नर बहादुर सुनारले स्थानीय तहमा वैकल्पिक राजनीतिक विकल्पको आवश्यकता रहेको बताएका छन्। “रास्वपा जस्तो जनमुखी र जवाफदेही पार्टीमा आबद्ध भएर म फेरि जनताको सेवामा समर्पित रहनेछु,” उनले प्रतिबद्धता जनाए।

स्थानीय राजनीतिक वृत्तमा उनको यो कदमलाई सशक्त संकेतको रूपमा हेरिएको छ, जुन आगामी निर्वाचनमा प्रभाव पार्न सक्ने आकलन गरिएको छ।

Loading

Leave a Comment

Advertisement
Advertisement