Clickable Banner Ad

राप्रपाद्वारा असार १ गतेको संसद बैठक भत्ता अस्वीकार

काठमाडौं, असार २ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले असार १ गते बसेको प्रतिनिधि सभाको बैठकको भत्ता नलिने निर्णय गरेको छ। बैठक बहिष्कार गरेकाले सो दिनको भत्ता लिनु नैतिक र सैद्धान्तिक रूपमा उचित नहुने ठहर पार्टीले गरेको हो।

Advertisement

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले संघीय संसद सचिवालयका महासचिवलाई पत्र लेख्दै सो निर्णयबारे जानकारी गराएका छन्। पत्रमा उल्लेख गरिएको छ, “राष्ट्रिय प्रजातन्त्र पार्टीले मिति २०८२ असार १ गते बसेको प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको सर्वविदितै छ। भिजिट भिसा प्रकरणमा संसद अवरुद्ध भएको अवस्थामा जबर्जस्ती बैठक सञ्चालन गर्नु अनुचित ठानी बैठक बहिष्कार गर्ने निर्णय गरिएकाले उक्त दिनको बैठक भत्ता राजस्वमा फिर्ता हुने व्यवस्था गरी सहयोग गरिदिनुहुन अनुरोध गर्दछौं।”

राप्रपाले आफ्नो मागहरू बेवास्ता गरिएको भन्दै सो दिन संसद बैठकमा भाग नलिएको थियो। सोही कारणले उनले भत्ता नलिने निर्णय सार्वजनिक रूपमा घोषणा गरेका हुन्।

शाहीले थप लेखेका छन्, “उक्त दिनको बैठक भत्ता उपलब्ध नगराइदिनुहुन हार्दिक अनुरोध गर्दछौं।”

Loading

Leave a Comment

Advertisement
Advertisement