ट्रेण्डिङ

दोधारा चाँदनी, २०८२ वैशाख ३०
दोधारा चाँदनी नगरपालिका–४ मा अवस्थित श्री मालिका आधारभूत विद्यालयको २९ औं वार्षिकोत्सव तथा अभिभावक भेला २०८२ साल वैशाख २९ गते भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा विद्यालयको स्थापना कालदेखि योगदान पुर्‍याउने संस्थापक सदस्य, जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा समुदायका विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।

विद्यालयको स्थापना २०५४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका ४७ जना उम्मेदवारहरूले उम्मेदवारी दस्तुर छुटाएर संकलन गरेको रकमबाट भएको स्मरण गर्दै, उनीहरूप्रति आभार व्यक्त गरिएको थियो।

कार्यक्रममा लामो समय विद्यालयमा प्रधानाध्यापक तथा शिक्षिकाको रूपमा सेवा पुर्‍याएका स्व. शोभा चन्द सिंह र तत्कालीन १५ जना नेपाली कांग्रेसका उम्मेदवारहरूलाई मरणोपरान्त सम्मान गरिएको थियो।

सो अवसरमा समाजसेवी स्व. कालु सिंहको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना, बालविकास कक्षामा अंग्रेजी माध्यमबाट पठन–पाठन सुरु गर्ने, गणित पार्क निर्माण गर्ने र सरस्वती मन्दिर स्थापना गर्ने योजना सार्वजनिक गरिएको थियो।

कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक नवराज भट्टले गरेका थिए। स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक दीपक प्रसाद भट्टले राखेका थिए। कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष करन बहादुर सिंहको सभापतित्व रहेको थियो।

प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य माननीय बेल बहादुर रानाले विद्यालयको शैक्षिक सुधारका लागि प्रदेशस्तरमा पहल गरिने प्रतिबद्धता जनाए। विशिष्ट अतिथिका रूपमा नगर उप–प्रमुख गंगा देवी जोशी, संस्थापक अध्यक्ष मृग बहादुर सिंह, नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सह–महामन्त्री गोपाल दत्त भट्टलगायतको उपस्थिति थियो।

नगर शिक्षा समिति सदस्य खिमा चन्दले विद्यालयलाई आवश्यक पर्ने शिक्षक दरबन्दी व्यवस्थापनमा पहल गरिने बताइन्। कार्यक्रममा युनिसेफ नेपाल स्वास्थ्य क्षेत्रमा कार्यरत सित सुनारद्वारा बालविकासदेखि कक्षा ७ सम्मका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको थियो।

विद्यालय परिवारको सुसज्जित र आकर्षक तयारीमा सम्पन्न उक्त कार्यक्रममा प्रशंसा पत्र वितरण तथा मायाको चिनो प्रदान गरिएको थियो। वक्ताहरूले शिक्षा क्षेत्रमा सामुदायिक सहकार्य र स्थानीय तहको भूमिकाको विशेष चर्चा गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech