ट्रेण्डिङ

कञ्चनपुर, वैशाख २१
सुदूरपश्चिमको कञ्चनपुरमा चट्याङ लागेर एक गर्भवती महिलाको ज्यान गएको छ भने उनका श्रीमान् गम्भीर घाइते भएका छन्।

शुक्लाफाँटा नगरपालिका–१२ तिल्कीमा आइताबार बिहान चट्याङ लागेर २४ वर्षीया लालमती रानाको मृत्यु भएको हो। दोदा नदी किनारमा तरबुजा टिप्दै गर्दा चट्याङ लागेपछि घटनास्थलमै लालमतीको ज्यान गएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेतले जानकारी दिए।

चट्याङ लागेर लालमतीका श्रीमान् २५ वर्षीय रतनसिंह राना गम्भीर घाइते भएका छन्। उनीहरूको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक बस्नेतका अनुसार घटनास्थलमा प्रहरी टोली पुगेर आवश्यक विवरण संकलन तथा अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech