ट्रेण्डिङ

कञ्चनपुर, वैशाख ९ – महाकाली प्रादेशिक अस्पताल, कञ्चनपुरको आधिकारिक फेसबुक पेजमार्फत आइतबार सार्वजनिक गरिएको एक विवादास्पद पोस्टले सामाजिक सञ्जालमा व्यापक चासो र आलोचना बटुलेको छ। निजी विद्यालयका आन्दोलनरत शिक्षकहरूलाई लक्षित गर्दै गरिएको उक्त टिप्पणीलाई धेरैले अस्पताल जस्तो सरकारी संस्थाबाट गरिएको अभिव्यक्तिको रूपमा लिएर आपत्ति जनाएका थिए।

उक्त पोस्ट सार्वजनिक भएपछि अस्पताल प्रशासनले आज एक विज्ञप्ति जारी गर्दै पोस्ट प्रशासनको आधिकारिक नभएको स्पष्ट पारेको छ। विज्ञप्तिमा भनिएको छ, “यस अस्पताल प्रशासनको गम्भीर ध्यानाकर्षण भएको व्यवहार दुर्घटनावश भएको हुँदा सो पोस्ट मानवीय चुकबाट प्रकाशित भएको सूचना गरिन्छ।”

प्रशासनले यस्ता घटना दोहोरिन नदिन आन्तरिक रुपमा आवश्यक सुधारको प्रक्रिया अघि बढाइसकेको उल्लेख गर्दै आम सर्वसाधारण, बिरामी तथा शुभेच्छुकहरूसँग क्षमायाचना समेत गरेको छ।

विज्ञप्तिमा सामाजिक सञ्जालको प्रयोगमा अझ बढी सजगता अपनाइने प्रतिबद्धता जनाइएको छ।

सामाजिक सञ्जालमा सरकारी निकायहरूमार्फत सार्वजनिक हुने सन्देशहरूको संवेदनशीलता र जिम्मेवारीप्रति यस घटनाले फेरि एकपटक प्रश्न खडा गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech