ट्रेण्डिङ

महेन्द्रनगर, कञ्चनपुर ।
भीमदत्त नगरपालिकामा एशियाली विकास बैंक (एडीबी)को सहकार्यमा शहरी पूर्वाधार विस्तारको दोस्रो चरण सुरु हुन लागेको छ। नगरप्रमुख पदम बोगटीको नेतृत्वमा गरिएको निरन्तर पहल, संघीय मन्त्रालयहरूसँगको समन्वय तथा पहिलो चरणमा मापदण्डअनुसार कार्यान्वयनको सफलताका आधारमा एडीबीले फेज–२ परियोजना स्वीकृत गरेको हो।

फेज–२ अन्तर्गत नगरमा ८.१४६ किलोमिटर सडक र १४.७१७ किलोमिटर ढल संरचनाको निर्माण हुने जनाइएको छ। यस परियोजनामार्फत १८ वटा सडक ढलसहित निर्माण गरिनेछ भने थप ३ वटा सडकमा छुट्टै ढलको व्यवस्था गरिनेछ।

नगरप्रमुख बोगटीले यो स्वीकृतिलाई नगरको समग्र शहरी विकासतर्फको महत्वपूर्ण कदमको रूपमा व्याख्या गरेका छन्। “फेज–१ मा पारदर्शिता र मापदण्डअनुसारको निर्माण भएकै कारण आज हामी फेज–२ मा प्रवेश गर्न सफल भएका हौं,” उनले भने, “अबको लक्ष्य भनेको गुणस्तरीय र समयमै निर्माण कार्य सम्पन्न गर्नु हो।”

निर्माणको क्रममा अस्थायी असहजता आउन सक्ने उनले स्वीकार गर्दै नगरवासीसँग सहकार्यको अपेक्षा समेत गरेका छन्। “यो हाम्रो नगर रुपान्तरणको यात्राको दोस्रो खुड्किलो हो। स्थायी पूर्वाधारका लागि केही समयको असहजता स्वीकार गर्नुपर्छ,” बोगटीले भने, “अन्तिम परिणाम सबैको हितमा हुनेछ।”

हाल फेज–२ अन्तर्गतको ठेक्का प्रक्रियाको तयारी भइरहेको छ र छिट्टै निर्माण कार्य सुरु गरिने जनाइएको छ।
यसैबीच, फेज–१ अन्तर्गत निर्माणाधीन सडक, ढल र सडकबत्ती जडान कार्यहरू अन्तिम चरणमा पुगेका छन्। ती संरचनाहरू सञ्चालनमा आउन थालेसँगै नगरको स्वरूपमा उल्लेखनीय परिवर्तन देखिएको छ।

नगरप्रमुख बोगटीले पहिलो चरणको सफलताले दोस्रो चरणमा अझ व्यवस्थित र प्रभावकारी ढंगले अघि बढ्न आत्मबल प्रदान गरेको बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech