ट्रेण्डिङ

काठमाडौँ, वैशाख ४ – हजारौँ ईसेवा प्रयोगकर्ताको खाताबाट १ करोड रुपैयाँभन्दा बढी रकम चोरी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कञ्चनपुर घर भई हाल काठमाडौँ अनामनगरमा बसोबास गर्ने २२ वर्षीय राहुल बुढा छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार बुढाले प्रयोगकर्तालाई एसएमएसमार्फत ‘द अलर्ट’, ‘एटी अलर्ट’ जस्ता फिसिङ लिंक पठाएर “तपाईंको खाता सस्पेन्ड हुन लागेको छ” भन्ने चेतावनी पठाउँथे। त्यसपछि उनले लिंक खोल्न लगाई प्रयोगकर्ताको विवरण संकलन गरी ईसेवामा अनधिकृत पहुँच बनाउँथे।

प्रहरी उपरीक्षक अंगुर जिसीका अनुसार उनले ४ हजारभन्दा बढी प्रयोगकर्ताको रकम चोरेका छन्। हालसम्म १ करोड २ लाख रुपैयाँभन्दा बढी रकम चोरी भएको खुलेको छ। उनले सबै रकम ‘पशुपति ग्लोबल इनोभेसन प्रालि’को मर्चेन्ट खातामा ट्रान्सफर गरेका थिए।

बुढालाई वैशाख २ गते काठमाडौँको कालिमाटी क्षेत्रबाट पक्राउ गरिएको हो। उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech