ट्रेण्डिङ

कञ्चनपुर। नेपाल पत्रकार महासंघ कञ्चनपुर जिल्ला शाखाकी सदस्य तथा महिला सदस्यमा निर्वाचित पत्रकार ऐश्वर्या कुँवरलाई पदको मर्यादा र पत्रकार आचारसंहिताविपरीत कार्य गरेको आरोपमा शाखा सदस्य पदबाट निलम्बन गरिएको छ।

महासंघका जिल्ला सचिव कुन्दन पाण्डेद्वारा जारी विज्ञप्तिअनुसार असार ७ गते महेन्द्रनगरस्थित स्वीट ड्रीम होटलमा समाचार संकलनका क्रममा पत्रकार कुँवर र भीमदत्त नगरपालिका–१८ का वडा अध्यक्ष रवीन्द्र प्रसाद देवकोटाबीच विवाद भएको थियो। उक्त घटनामा दुर्व्यवहार तथा हातपात भएको आरोप लागेपछि महासंघले विधानअनुसार कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।

नेपाल पत्रकार महासंघको विधान, २०६० (पाँचौँ संशोधन, २०७५) को परिच्छेद ५, दफा १८, उपदफा (३) को “च” बमोजिम कुँवरलाई शाखा सदस्य पदबाट निलम्बन गरिएको विज्ञप्तिमा उल्लेख छ।

घटनापछि सार्वजनिक भएका भिडियो सामग्रीमा वडा अध्यक्ष देवकोटाले पत्रकार कुँवरमाथि आफूबाट फिरौती मागिएको तथा रकम असुली गरिएको आरोप लगाएका छन्। महासंघले उक्त आरोपलाई गम्भीर रूपमा लिँदै थप छानबिन प्रक्रिया सुरु गरेको जनाएको छ। साथै आरोप पुष्टि हुने प्रमाण, भिडियो वा अन्य आधार भए महासंघलाई उपलब्ध गराउन सम्बन्धित पक्ष र सरोकारवालासँग आग्रह गरिएको छ।

यसैबीच, घटनापछि पत्रकार कुँवर पक्राउ परेको र उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरी स्रोतले जनाएको छ। प्रहरीका अनुसार सार्वजनिक कार्यक्रममा वडा अध्यक्षमाथि हातपात गरेको आरोपमा अनुसन्धान अघि बढाइएको छ।

महासंघले छानबिन नसकिँदासम्म आरोपहरूको अन्तिम सत्यता स्थापित नभएको स्पष्ट गर्दै निष्पक्ष अनुसन्धानपछि आवश्यक निर्णय गरिने जनाएको छ। साथै पछिल्लो समय पत्रकारिताको आचारसंहिता र पेशागत मर्यादामाथि प्रश्न उठ्ने घटनाहरू बढ्दै गएको भन्दै सम्पूर्ण सञ्चारकर्मीलाई जिम्मेवार, संयमित र मर्यादित ढंगले पेशागत दायित्व निर्वाह गर्न आग्रह गरेको छ।

यो घटनाले कञ्चनपुरको पत्रकारिता क्षेत्र मात्र नभई पत्रकारिता पेशाको विश्वसनीयता, आचारसंहिता पालन र पत्रकार तथा जनप्रतिनिधिबीचको सम्बन्धबारे समेत व्यापक बहस सिर्जना गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech