Clickable Banner Ad

दोधारा चाँदनी १ वडा कार्यालय भवनको उद्घाटन सम्पन्न

कञ्चनपुर — दोधारा चाँदनी नगरपालिका वडा नं. १ को नव निर्मित वडा कार्यालय भवनको उद्घाटन समारोह २०८१ साल चैत्र २४ गते, आईतवारका दिन सम्पन्न भएको छ। नगरप्रमुख किशोर कुमार लिम्बुले शिलालेख अनावरण तथा रिबन काट्दै औपचारिक रूपमा भवन उद्घाटन गर्नुभयो।

Advertisement

उक्त कार्यालय भवन दुई कट्ठा क्षेत्रफलको जग्गामा निर्माण गरिएको हो। उद्घाटन समारोहमा वडा नं. १ अन्तर्गत होटल व्यवसाय, निर्माण व्यवसाय, स्वयंसेवी , खेलकुद क्षेत्र, साथै विद्यालय तथा स्वास्थ्य इकाइका लागि नि:शुल्क रूपमा जग्गा प्रदान गर्ने १२ जना योगदानदातालाई विशेष सम्मान गरिएको थियो।
उद्घाटन कार्यक्रममा नगरप्रमुख लिम्बुसहित वडा नं. ५ का वडा अध्यक्ष लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

कार्यक्रम वडा अध्यक्ष विक्रम बहादुर चन्दको अध्यक्षतामा सम्पन्न भएको थियो भने वडाका कर्मचारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन वडा सचिव सरस्वती भट्ट मिश्रले गर्नुभएको थियो।

Loading

Leave a Comment

Advertisement
Advertisement