ट्रेण्डिङ

कञ्चनपुर- कञ्चनपुरका पत्रकार वासुदेव धामी (विमल)ले आफूलाई सामाजिक सञ्जालमार्फत गालीगलौज तथा ज्यान मार्ने धम्की आएको भन्दै नेपाल पत्रकार महासंघ, कञ्चनपुर शाखामा उजुरी दिएका छन्।
धामीले समाचार लेखेकै कारण बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथ पक्ष तथा उनका आफन्तबाट बारम्बार अपशब्द प्रयोग गर्दै धम्की आएको उल्लेख गरेका छन्। उनले सामाजिक सञ्जालमा “यो सबै गराउने पत्रकार विमल धामी हो” भन्ने आरोप लगाउँदै चरित्रहत्या गर्ने प्रयाससमेत भएको बताएका छन्।
उनका अनुसार आफूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बेलडाँडी गाउँपालिकाका उपाध्यक्षसहित केही कर्मचारीविरुद्ध मुद्दा दायर गरेको विषयमा तथ्य र प्रमाणका आधारमा समाचार सम्प्रेषण गरेका थिए। सोही समाचारपछि आफू लक्षित आक्रमण र धम्कीको शिकार भएको उनको दाबी छ।
धामीले यस्तो गतिविधिले स्वतन्त्र पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर असर परेको बताएका छन्। साथै, उनले दोषीमाथि कानुनी कारबाही गर्न र आफ्नो ज्यान तथा पेशागत सुरक्षाको सुनिश्चितता गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
उक्त विषयमा आवश्यक छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन उनले महासंघसमक्ष आग्रह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.