Clickable Banner Ad

उत्कृष्ट कार्यसम्पादनका लागि स.प्र.ना.उ. गजेन्द्र बहादुर चन्द लाई IG APF Commendation, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल द्वारा सम्मानित

कञ्चनपुर — सशस्त्र प्रहरी बल, नेपाल ले संगठनभित्र उत्कृष्ट कार्यसम्पादन गर्ने अधिकृत तथा जवानलाई “IG APF Commendation” प्रदान गर्दै सम्मानित गरेको छ।
यस क्रममा सशस्त्र प्रहरी बल अन्तर्गत राजस्व भन्सार तथा औद्योगिक तालिम शिक्षालय, टिकापुर कैलाली दरबन्दी भई हाल सिमा सुरक्षा गुल्म देवस्थान, दोधारा चाँदनीमा कार्यरत स.प्र.ना.उ. गजेन्द्र बहादुर चन्द लाई उक्त सम्मान प्रदान गरिएको हो।
चन्दले आफ्नो कार्यकालमा जिम्मेवारीलाई इमान्दारी, व्यावसायिकता र प्रभावकारिताका साथ निर्वाह गर्दै संगठनको लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पुर्‍याएको मूल्यांकनका आधारमा सम्मान गरिएको हो।
उक्त सम्मान सशस्त्र प्रहरी दिवस–२०८२ (रजत महोत्सव) को अवसरमा प्रदान गरिएको हो।
सम्मान पत्र सशस्त्र प्रहरी महानिरीक्षक (IG) राजु अर्याल द्वारा प्रदान गरिएको थियो।

Advertisement

Loading

Advertisement
Advertisement