ट्रेण्डिङ

काठमाडौं, चैत २२ — राजधानीको तीनकुनेमा कार्यरत पत्रकार सुरेश रजकको रहस्यमय मृत्यु प्रकरणमा निष्पक्ष छानबिनको माग तीव्र बन्दै गएको छ। एभिन्यूज खबरका संवाददाता रजकको जिउँदै जलाएर हत्या गरिएको आशंकामा सञ्चार क्षेत्रका प्रतिनिधि र आम नागरिकले सरकार समक्ष सत्य तथ्य सार्वजनिक गर्न जोडदार माग गरेका छन्।

चैत १५ गते दिउँसो २ बजेर १९ मिनेटमा मास्टर कन्ट्रोल रुम (एमसीआर)मा पठाएको अन्तिम म्यासेजमा सुरेशले लेखेका थिए, ‘माथि पुलिस छ, उनीहरूलाई हान्न जान लागेको छ।’ त्यसको केही मिनेटपछि पुनः म्यासेज पठाउँदै सुरेशले भनेका थिए, ‘कल गर्नु त, नेटवर्कले काम गरिराखेको छैन।’

एमसीआरले तुरुन्तै उत्तर पठाएको थियो, तर त्यसपछि उनीसँगको सम्पर्क टुटेको थियो। २:३१ मा एमसीआरबाट अन्तिम म्यासेज पठाइयो, ‘तिमी बसेको घरमा आगो लाग्यो, भाग त्यताबाट।’ तर त्यसपछिका पल्ट सुरेशसँग कुनै सम्पर्क हुन सकेन।

जिउँदै जलाइएका पत्रकार, हराएको प्रमाण

घटनास्थलमा पुगेको एभिन्यूजको टोलीले सुरेशको शव जलेको अवस्थामा भेट्दा क्यामरा र एउटा मोबाइल हराएको पायो। अर्को मोबाइल जलेर डल्लो परेको अवस्थामा भेटिएको थियो। एउटा पत्रकारले रिपोर्टिङका क्रममा ज्यान गुमाउनु, त्यो पनि प्रमाण लोप पारिएको अवस्थामा, सामान्य आगलागी मात्र नभई योजनाबद्ध हत्या हुनसक्ने आशंका प्रबल बनाएको छ।

सरकार र सुरक्षानिकायप्रति गम्भीर प्रश्न

पत्रकारमाथिको यस्तो निर्मम घटनापछि सुरक्षानिकायको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ। सुरेशले ‘पुलिस छ, हान्न जान लागेको छ’ भन्ने सन्देश दिएपछि पनि समयमै उद्धार हुन नसक्नु र आगलागीको समयमा दमकल ढिलो पुग्नु सरकारको उदासिनतालाई झल्काउँछ।

निष्पक्ष छानबिनको माग

एभिन्यूज खबरले पत्रकार सुरेश रजकको हत्या प्रकरणमा निष्पक्ष र छिटो छानबिनको माग गर्दै दोषी पहिचान गरी कारबाही गर्न सरकारसँग आह्वान गरेको छ। पत्रकार सुरेशमाथिको यो अमानवीय व्यवहार प्रेस स्वतन्त्रतामाथिको गम्भीर प्रहार हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech