ट्रेण्डिङ

भोजराज अवस्थी
दोधारा चाँदनी नगरपालिका–१, चैत १७, २०८२

दोधारा चाँदनी नगरपालिका–१ मा प्रजनन स्वास्थ्य रुग्णता सेवा सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। स्थानीय तहमा प्रजनन स्वास्थ्य सेवा प्रभावकारी बनाउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको हो।

सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय तथा स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा प्रस्तोताका रूपमा आरति पाण्डेले सहजीकरण गर्दै प्रजनन स्वास्थ्यसँग सम्बन्धित रोगहरूको पहिचान, उपचार प्रक्रिया, सेवा प्रवाहका चुनौती तथा सुधारका उपायहरूबारे विस्तृत जानकारी दिएकी थिइन्। उनले विशेषगरी महिलाको प्रजनन स्वास्थ्य, किशोरीमैत्री सेवा, तथा समयमै रोग पहिचानको महत्त्वबारे जोड दिएकी थिइन्।

कार्यक्रममा दोधारा चाँदनी नगरपालिका–१ का वडाध्यक्ष बिक्रम चन्दको पनि उपस्थिति रहेको थियो। उनले स्थानीय तहबाट स्वास्थ्य सेवा सुदृढीकरणका लागि यस्ता कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै समुदायस्तरसम्म प्रभावकारी सेवा विस्तारमा जोड दिनुपर्ने बताए।

अभिमुखीकरण कार्यक्रममा सहभागी स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा अन्य सरोकारवालाहरूले सेवा प्रवाहका क्रममा देखिएका व्यवहारिक समस्या, जनचेतनाको अभाव, तथा स्रोत साधनको सीमितताबारे आफ्ना अनुभवहरू साझा गरेका थिए। साथै, सेवा सुधारका लागि आवश्यक सहकार्य र समन्वयलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिइएको थियो।

कार्यक्रमले प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्न, सेवाको पहुँच विस्तार गर्न तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा सहयोग पुग्ने विश्वास आयोजक पक्षले व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech