कञ्चनपुर — नेपाली कांग्रेसका तर्फबाट कञ्चनपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार रहेका हरिप्रसाद बोहोराले निर्वाचनमा भएको खर्चको विवरण निर्वाचन आयोगमा पेश गरेका छन्।
पेश गरिएको विवरण अनुसार निर्वाचन अभियानका क्रममा विभिन्न शीर्षकमा गरी रु २३ लाख ९ हजार ९९९ खर्च भएको उल्लेख गरिएको छ।
विवरण अनुसार मतदाता नामावली खरिदमा रु ३ हजार, सवारी साधनमा रु १ लाख ८० हजार, सवारी इन्धनमा रु ३ लाख ६९ हजार ९९९, प्रचार–प्रसार सामग्रीमा रु ४ लाख ९९ हजार, गोष्ठी तथा अन्तरक्रियामा रु १ लाख १० हजार, छापा तथा सञ्चार माध्यममा रु २ लाख ५० हजार, कार्यालय सञ्चालनमा रु ४ लाख, प्रतिनिधि परिचालनमा रु ३ लाख ३० हजार, विविध खर्चमा रु १ लाख ५८ हजार तथा मनोनयन दस्तुरमा रु १० हजार खर्च भएको जनाइएको छ।
निर्वाचन आचारसंहिता अनुसार उम्मेदवारहरूले निर्वाचन सम्पन्न भएपछि आफ्नो खर्च विवरण निर्वाचन आयोगमा बुझाउनुपर्ने प्रावधान रहेको छ।

![]()