ट्रेण्डिङ

दोधारा- कञ्चनपुरको भीनपा–१८ बाट प्रकाशित हुँदै आएको आभाषकुञ्ज दैनिकले आफ्नो ९ औं वार्षिकोत्सव भव्य रूपमा मनाएको छ। यस अवसरमा महाकाली प्रादेशिक अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गर्नुका साथै अग्रज पत्रकार माधवसिंह धामीलाई नगद रु. ५५५५ सहित दोसल्ला र सम्मानपत्र प्रदान गरिएको छ।

समारोहमा प्रमुख अतिथि नगरप्रमुख बोगटीको शुभकामना

वार्षिकोत्सव समारोहका प्रमुख अतिथि नेपाली कांग्रेस कञ्चनपुरका सभापति एवं भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटी रहेका थिए। उनले आभाषकुञ्ज दैनिकको सफल यात्रा प्रति बधाई ज्ञापन गर्दै भने,

“पत्रिकाले जिल्लाको भ्रष्टाचार, अन्याय, अत्याचार, र ढिलासुस्तीका विरुद्ध लगातार कलम चलाउँदै आएको छ। यो अभियान पत्रिकाले निरन्तर जारी राख्ने छ भन्ने विश्वास लिएको छु।”

प्रकाशक मनोज भट्ट : चुनौतीका बाबजुद अघि बढ्दै

आभाषकुञ्ज दैनिकका प्रकाशक मनोज भट्टले विगत ९ वर्षको यात्रा निकै चुनौतीपूर्ण रहेको बताए।

“जस्तोसुकै परिस्थिति आए पनि जनतालाई निष्पक्ष र सत्य सूचना दिने हाम्रो प्रतिवद्धता कायमै छ,” उनले भने।

पत्रिकाको भावी योजना

समारोहमा पत्रिकाका सम्पादक, सहकर्मी पत्रकार तथा स्थानिय बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। आभाषकुञ्ज दैनिकले आगामी दिनमा डिजिटल पत्रकारिता, अनुसन्धानात्मक रिपोर्टिङ, र स्थानिय स्तरका समस्यालाई प्राथमिकतामा राख्दै समाचार सम्प्रेषण गर्ने योजना बनाएको छ।

समाजप्रतिको उत्तरदायित्व वहन गर्दै अघि बढ्ने प्रतिबद्धतासहित पत्रिकाले नयाँ योजनाहरू सार्वजनिक गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech