दोधारा चाँदनी नगरपालिका–९ निवासी १६ वर्षीया भावना ढोलीको महाकाली नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको छ।
नदीमा डुबेको अवस्थामा स्थानीयले उद्धार गरी दोधारा चाँदनी नगर अस्पताल पुर्याएका थिए। उपचारको प्रयास भए पनि चिकित्सक टोलीले उनलाई मृत घोषणा गरेको जनाएको छ।
घटनाबारे इलाका प्रहरी कार्यालय दोधारा चाँदनी ले जानकारी दिएको हो। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।
![]()