कञ्चनपुर । आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का नेपाली काँग्रेसका उम्मेदवार हरि प्रसाद बोहराले शुक्रबार दोधारा–चाँदनी नगरपालिकाका १० वटै वडामा एकै दिन सम्पर्क कार्यालय उद्घाटन गरेका छन्।
नेपाली काँग्रेसका प्रभावशाली नेता एवं पूर्व गृहमन्त्री रमेश लेखक, केन्द्रीय सदस्य सन्तोषी ऐरी, उम्मेदवार बोहरा, सुदूरपश्चिम प्रदेश सहमहामन्त्री गोपाल भट्ट लगायतका नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थितिमा सम्पर्क कार्यालय उद्घाटन गरिएको नेपाली काँग्रेस कञ्चनपुर क्षेत्र नं. ३ का सभापति केशव चन्दले जानकारी दिए।
कार्यक्रममा देखिएको उत्साहजनक सहभागिता र काँग्रेसप्रति देखिएको जनसमर्थनले निर्वाचनमा जित सुनिश्चित हुने पार्टी सचिव भीमराज भट्टले दाबी गरे। नेपाली काँग्रेसले निर्वाचन क्षेत्र नं. ३ मा घरदैलो कार्यक्रमसँगै प्रत्येक वडामा सम्पर्क कार्यालय सञ्चालन गर्दै आएको छ।
यसैबीच, पूर्व गृहमन्त्री रमेश लेखकले उम्मेदवार बोहरालाई विजयी गराउन एक साताअघिदेखि चुनावी गतिविधि तीव्र बनाएका छन्। बोहरासँगै विभिन्न स्थानमा पुगेर नेता लेखक कार्यकर्ता परिचालन तथा मतदाता रुझाउने कार्यमा सक्रिय रूपमा खटिएका छन्।
![]()