ट्रेण्डिङ

दोधारा चाँदनी, कञ्चनपुर।
दोधारा चाँदनी नगरपालिकाअन्तर्गत सञ्चालनमा रहेको दोधारा चाँदनी अस्पतालमा स्वास्थ्य बीमा सेवा अस्थायी रूपमा बन्द गरिएको छ।
अस्पतालले प्रवाह गर्दै आएको स्वास्थ्य बीमा सेवाबापतको रकम स्वास्थ्य बीमा बोर्डबाट समयमै भुक्तानी नहुँदा अस्पताल गम्भीर आर्थिक समस्यामा परेको अस्पतालका प्रशासन प्रमुख राजु गुरुङले जानकारी दिनुभयो।
उहाँका अनुसार अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको मिति २०८२ माघ १५ गतेको निर्णय अनुसार वैकल्पिक व्यवस्था नहुँदासम्मका लागि स्वास्थ्य बीमा सेवाहरू बन्द गर्ने निर्णय गरिएको हो। सो निर्णयअनुसार २०८२ माघ १९ गतेदेखि सीमित सेवाबाहेक सम्पूर्ण स्वास्थ्य बीमा सेवाहरू बन्द गरिएको छ।
स्वास्थ्य बीमामार्फत उपचार गराउँदै आएका सेवाग्राहीहरू यस निर्णयबाट प्रभावित हुने देखिएको छ। प्रशासन प्रमुख गुरुङले स्वास्थ्य बीमा बोर्ड तथा सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाउँदै समस्या समाधान भए लगत्तै सेवा पुनः सञ्चालन गरिने विश्वास व्यक्त गर्नुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.