Clickable Banner Ad

कञ्चनपुर क्षेत्र नं. ३ मा उज्यालो नेपालको अभियान सशक्त, भिम कुमालको नेतृत्वमा चुनावी तयारी तीव्र

कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत उज्यालो नेपाल पार्टीबाट उम्मेदवार भिम कुमालको नेतृत्वमा चुनावी अभियान सशक्त रूपमा अघि बढिरहेको छ। यही क्रममा दोधारामा दिलबहादुर थापाको संयोजकत्वमा २५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गर्नुका साथै पार्टीको निर्वाचन कार्यालय औपचारिक रूपमा उद्घाटन गरिएको छ।

Advertisement

जनमुखी राजनीति, पारदर्शिता र विकासलाई केन्द्रमा राखेर अघि बढिरहेको उज्यालो नेपालको अभियानलाई गाउँ–टोलसम्म विस्तार गर्ने उद्देश्यले समिति गठन गरिएको हो। आगामी निर्वाचनमा जनताको विश्वास जित्दै नयाँ राजनीतिक संस्कार स्थापित गर्ने प्रतिबद्धता भिम कुमालले व्यक्त गरेका छन्।

कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

Loading

Advertisement
Advertisement