Clickable Banner Ad

गुजरातमा घाइते घनश्याम रावतको उपचारका लागि सहयोग अभियान, २४ घण्टामा ५० हजारभन्दा बढी संकलन

दोधारा चाँदनी- भारतको गुजरातमा रोजगारीका क्रममा दोधारा चाँदनी नगरपालिका–१० निवासी १८ वर्षीय घनश्याम रावत दुर्घटनामा परि गम्भीर घाइते भएका छन्। उनी अहिले भारतको बरेलीस्थित अस्पतालमा उपचाररत छन्। चिकित्सकको निगरानीमा उपचार जारी रहेको र खर्च ठूलो मात्रामा बढिरहेको परिवारले जनाएको छ।

Advertisement

परिवारको आर्थिक अवस्था कमजोर भएकाले आफन्त, साथीभाइ तथा सहयोगी मन भएका सबैलाई उपचार सहयोगका लागि अपिल गरिएको छ। सानो सहयोगले पनि एक जीवन बचाउन मद्दत हुने भएकाले अभियानमा सहभागी हुन अनुरोध गरिएको छ।

सहयोग अभियान सुरु भएको २४ घण्टा नबित्दै ५० हजारभन्दा बढी रकम संकलन भइसकेको छ। देश तथा विदेशमा रहेका नेपालीबाट सहयोग आउने क्रम निरन्तर जारी छ।

Loading

Advertisement
Advertisement