ट्रेण्डिङ

दोधारा चाँदनी । दोधारा चाँदनी नगरपालिका–६ स्थित हेल्थपोष्ट नजिकै रहेको रमेश औजीको लक्ष्मी पशु पन्छी फर्म का दुईवटा कुखुराका खोरमा हिजो राति करिब १ बजे आगलागी हुँदा खोर पूर्णरूपमा नष्ट भएको छ।

आगलागीका कारण खोरभित्र रहेका १ हजार १ सय कुखुराका चल्ला, २० कट्टा चारो, मोबाइल फोनसहित खोरभित्र रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ। प्रारम्भिक अनुमानअनुसार आगलागीबाट करिब ११ लाख रुपैयाँ बराबरको क्षति भएको जानकारी आएको छ।

राति करिब १ बजे सुरु भएको आगो स्थानीयवासी, नेपाल प्रहरी तथा दमकलको सहयोगमा बिहान करिब ४:३० बजे नियन्त्रणमा लिइएको थियो।

नयाँ भर्खरै राखिएका चल्लाको हेरचाहका लागि खोरमै सुतिरहेका राहुल औजी आगलागीका बेला ज्यान जोगाएर भाग्न सफल भएका छन्। उनले आफू सुतिरहेको अवस्थामा माथिबाट केही खसेपछि आगो लागेको थाहा पाएर भागेर ज्यान जोगाएको बताएका छन्।

प्रारम्भिक अनुसन्धानअनुसार आगलागी बिधुतको तार सर्ट भएर हुन सक्ने अनुमान गरिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.