Clickable Banner Ad

झुलुङ्गे पुलमा मोटरसाइकल दुर्घटना, एक वृद्ध गम्भीर घाइते, आवतजावत बन्द

दोधारा चाँदनी—
दोधारा चाँदनी नगरपालिकास्थित झुलुङ्गे पुलमा भएको दुर्घटनामा बेतकोट नगरपालिका–७ का एक जना वृद्ध गम्भीर घाइते भएका छन्।

Advertisement

झुलुङ्गे पुलको फुटेको पातामा मोटरसाइकलको पाङ्ग्रा अड्किएर दुर्घटना भएको हो। म १ प ८९३८ नम्बरको मोटरसाइकल पुल पार गर्ने क्रममा अनियन्त्रित भई पुलमै लड्दा वृद्ध गम्भीर घाइते भएका इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ।

दुर्घटनामा घाइते वृद्धलाई तत्काल उद्धार गरी दोधारा चाँदनी नगर अस्पताल लगिएको थियो। प्रारम्भिक उपचारपछि अवस्था गम्भीर देखिएपछि थप उपचारका लागि महाकाली प्रादेशिक अस्पताल, भीमदत्तमा रिफर गरिएको प्रहरीले जानकारी दिएको छ।

घटनापछि झुलुङ्गे पुलको अवस्था अत्यन्त जोखिमपूर्ण भएको ठहर गर्दै पुलमा आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ। स्थानीयवासीका अनुसार पुलको पाता फुटेको विषयमा पटक–पटक स्थानीय सरकारलाई जानकारी गराइए पनि सम्बन्धित निकायले बेवास्ता गर्दै आएको कारण यस्तो दुर्घटना हुन पुगेको हो।

स्थानीयले पुलको तत्काल मर्मत तथा सुरक्षित वैकल्पिक आवतजावतको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

Loading

Advertisement
Advertisement