Clickable Banner Ad

दोधारा चाँदनीमा बढ्दो चिसोका कारण बजार बजारमा दाउरा वितरण गरिने

दोधारा चाँदनी नगरपालिका क्षेत्रमा चिसो क्रमशः बढ्दै गएपछि नगरपालिकाले सर्वसाधारणलाई राहत दिन बजार बजारमा दाउरा वितरण सुरु गर्ने भएको छ। अत्यधिक चिसोका कारण बिहान र साँझको समयमा समस्या भएपछि नगरपालिकाले तत्काल कदम चालेको हो।

Advertisement

नगरपालिकाले बन्दरगाहस्थित गौरी शंकर वन क्षेत्रबाट रूखका सुक्खा जरा संकलन गरी नगरपालिकाको टिपरमार्फत बजार क्षेत्रमा ल्याउँदै छ। संकलित दाउरा बेलुका सम्म विभिन्न बजारमा वितरण गरिने जनाइएको छ।

दोधारा चाँदनी नगर प्रमुख किशोर लिम्बुले बढ्दो चिसोलाई मध्यनजर गर्दै नगरवासीको स्वास्थ्य र दैनिक जीवनलाई सहज बनाउन यो व्यवस्था गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “चिसोका कारण कसैलाई पनि समस्या नहोस् भन्ने उद्देश्यले तत्काल दाउरा व्यवस्थापन गरिएको हो। आवश्यक परे यो कार्यलाई निरन्तरता दिइनेछ।”

नगरपालिकाको यस पहलले व्यवसायी र सर्वसाधारणलाई चिसोबाट केही राहत पुग्ने स्थानीयको अपेक्षा रहेको छ।

Loading

Advertisement
Advertisement