Clickable Banner Ad

भाइरल रोडमा सडक बत्ती र CCTV जडानको माग

म दोधारा चाँदनीका एक विद्यार्थी हुँ। म महेन्द्रनगरमा अध्ययन गर्छु तर आफ्नो कलेजको नाम सार्वजनिक गर्न चाहन्नँ। मेरो कलेज बिहान ६ बजे लाग्छ, त्यसैले म हरेक दिन बिहान ४:३० बजे दोधाराबाट हिँड्न बाध्य छु।

Advertisement

बिहानको समय कुहिरो धेरै लाग्ने भएकाले गाडीको लाइटले पनि बाटो राम्ररी देखिँदैन। बजार क्षेत्रसम्म केही घर र पसलका बत्तीले अलिक सहज हुन्छ, तर भाइरल रोड पुगेपछि अवस्था निकै जोखिमपूर्ण हुन्छ। त्यहाँ पूरै अँध्यारो हुन्छ, कुहिरोले केही पनि देखिँदैन। हिँड्न मात्र होइन, सुरक्षित महसुस गर्न पनि गाह्रो हुन्छ।

यो समस्या मेरो मात्र होइन। म जस्तै कलेज पढ्न हिँड्ने धेरै विद्यार्थीहरू, साथै बिहानै काममा निस्कने आम सर्वसाधारणले पनि यही जोखिम भोगिरहेका छन्। दुर्घटनाको डर सधैँ मनमा हुन्छ।

सायद यो कुरा व्यक्तिगत रूपमा नगर प्रमुख वा उपप्रमुखज्यूलाई भनेको भए गम्भीर रूपमा सुन्नु हुन्थेन होला भन्ने लागेर मिडियामार्फत आफ्ना कुरा राख्न चाहेको हुँ।

हामी विद्यार्थीहरूको गुनासो र माग स्पष्ट छ।
भाइरल रोडमा छिटोभन्दा छिटो सडक बत्ती र CCTV क्यामेरा जडान गरियोस्, ताकि बिहान सबेरै हिँड्ने विद्यार्थी र सर्वसाधारणले सुरक्षित महसुस गर्न सकून्।

सम्बन्धित निकायको गम्भीर ध्यान जाओस् भन्ने अपेक्षा राख्दछु।

धन्यवाद।

Loading

Advertisement
Advertisement