दोधारा चाँदनी- दोधारा चाँदनी नगरपालिका–१ स्थित सुख्खा बन्दरगाहको निर्माणाधीन स्थल नजिक रहेको मलेरिया नालामा फेला परेको शवको पहिचान खुलेको छ। मृतक दोधारा चाँदनी नगरपालिका–२ पूर्णा टोलका स्थानीय २९ वर्षीय धर्मेन्द्र सुनार रहेको पुष्टि भएको छ।
बिहान करिब ११ बजेतिर बाख्रा चराउन गएका स्थानीयले नालामा पानीमा तैरिरहेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय दोधारा चाँदनीको टोली घटनास्थलमा पुगेको थियो।
प्रहरीका अनुसार धर्मेन्द्र सुनार मङ्सिर २१ गतेदेखि सम्पर्कविहीन भएका थिए। शवको पहिचान आफन्तमार्फत पुष्टि गरिएको हो। घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ।






![]()