ट्रेण्डिङ

कञ्चनपुर । वैदेशिक रोजगारीका क्रममा मलेसियामा निधन भएका स्वर्गीय साजन कुमार सुनारको स्मृतिमा निर्माण गरिएको ‘स्मृति भवन–प्रतिक्षालय’ आज औपचारिक रूपमा उद्घाटन गरिएको छ। यम बहादुर सुनार र लिला देवी सुनारका काखा छोरा साजन कुमार सुनार दोधारा चाँदनी नगरपालिका–१० का स्थायी बासिन्दा हुन्।

२०५६ साल फागुन २२ गते जन्मिएका साजन कुमार सुनार रोजगारीको सिलसिलामा मलेसिया पुगेका थिए। त्यही क्रममा २०८२ साल असार २८ गते उनको निधन भएको थियो। परदेशमै ज्यान गुमाएका छोराको सम्झनालाई चिरस्थायी बनाउने उद्देश्यले परिवारले सार्वजनिक उपयोगका लागि प्रतिक्षालयसहितको स्मृति भवन निर्माण गरेको हो।

आज सम्पन्न उद्घाटन कार्यक्रममा स्थानीय समाजसेवी, जनप्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै स्थानीय समाजसेवी सुरेश गिरीले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका युवाप्रति यस्ता स्मृति संरचनाले समाजलाई चेतना दिने बताए। “परदेशमा ज्यान गुमाएका युवाको सम्झनामा सार्वजनिक हितका संरचना निर्माण हुनु प्रशंसनीय कार्य हो,” उनले भने।

त्यस्तै, वडा नम्बर १० का वडाध्यक्ष चन्द्रबहादुर सिंहले व्यक्तिगत पीडालाई सामाजिक सेवामा रूपान्तरण गर्नु अनुकरणीय कार्य भएको उल्लेख गरे। “स्मृति भवनले वडावासीलाई प्रतिक्षा र विश्रामका लागि सहज सुविधा प्रदान गर्नेछ,” उनले बताए।

उद्घाटन कार्यक्रममा सहभागी दोधारा चाँदनी नगरपालिकाकी उपमेयर गंगा देवी जोशीले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका युवाको सम्झनामा गरिएको यो कार्यले समाजमा सकारात्मक सन्देश दिने बताइन्। “दुःखद घटनालाई सामाजिक सेवामा रूपान्तरण गर्नु अत्यन्तै प्रेरणादायी हो। यस्ता संरचनाले समुदायको भावना र एकताको प्रतीक बन्छ,” उनले भनिन्।

परिवारका अनुसार स्व. साजन कुमार सुनारको नाम र सम्झनालाई समाजसँग जोडिराख्ने उद्देश्यले स्मृति भवन निर्माण गरिएको हो। यसले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका नेपाली युवाप्रति सम्मान, चेतना र सामाजिक उत्तरदायित्वको सन्देश दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech