Clickable Banner Ad

दोधारा चाँदनीमा महुरीको आक्रमण, उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगियो

दोधारा चाँदनी- दोधारा चाँदनी नगरपालिका वडा नं. १० सुर्खेति टोल निवासी ७५ वर्षीय खड्क बुढा आफ्नै उखु बारीमा उखु हेर्न गएका बेला महुरीको बथानको आक्रमणमा परेका छन्। घटनामा बुढासहित एक महिला समेत घाइते भएका छन्।

Advertisement

आज बिहान करिब ११:३० बजेतिर भएको उक्त आक्रमणमा गम्भीर घाइते भएका खड्क बुढालाई प्रारम्भिक उपचारका लागि आरोग्य मेडिकेयर, दोधारा चाँदनीमा ल्याइएको थियो। तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई महाकाली प्रादेशिक अस्पताल, भीमदत्त पठाइएको हो।

खड्क बुढा क्यान्सर पीडितसमेत रहेको उनका आफन्तले जनाएका छन्। आक्रमणमा परेकी महिलाको अवस्था भने सामान्य रहेको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ। घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जानकारी दिएको छ।

Loading

Advertisement
Advertisement