Clickable Banner Ad

धनगढीमा पर्यटन फोटो पत्रकारिता तालिमको दोस्रो संस्करण सुरु

धनगढी । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा पर्यटन फोटो पत्रकारिता तालिमको दोस्रो संस्करण सुरु भएको छ। नेपाल पर्यटन बोर्ड (NTB) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) अन्तर्गतको दिगो पर्यटन परियोजना (STP) ले राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (NFPJ) र नेपाल पत्रकार महासंघ कैलालीसँग सहकार्यमा तीनदिने तालिम सञ्चालन गर्दैछ।

Advertisement

सुदूरपश्चिमका ९ जिल्लाबाट करिब ३५ जना पत्रकार सहभागी रहेको तालिम पर्यटन प्रवर्द्धन, दृश्य अभिलेखन, ब्रान्डिङ र स्थानीय समुदायको पर्यटन सहभागिता अभिवृद्धि गर्ने उद्देश्यसहित सञ्चालन गरिएको हो।

उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष भरत शाहले तालिमले प्रदेशको पर्यटन अभियानलाई मजबुत बनाउने बताए। नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवाले पत्रकारको क्षमतावृद्धिका लागि यस्ता तालिम अत्यावश्यक रहेको उल्लेख गरे। राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले फोटो पत्रकारिता पर्यटन प्रवर्द्धनको प्रभावकारी माध्यम भएको बताए।

फिल्ड अभ्यासका क्रममा सहभागीहरूले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जैविक विविधता, वन्यजन्तु, घाँसेमैदान र प्राकृतिक सौन्दर्य अवलोकन गरी उच्चस्तरको फोटो–डोकुमेन्टेसन तयार गर्नेछन्।

पहिलो सत्रमा NTB का सञ्चार परामर्शदाता दिलिप प्रकाश कार्कीले पर्यटन पत्रकारिताको आधारभूत प्रक्रिया र सञ्चार रणनीतिबारे प्रशिक्षण दिए। प्रशिक्षक सुनिल चुडाबज्राचार्य, प्रकाशचन्द्र तिमिल्सेना र प्रदीपराज वन्तले तस्बिर कथा निर्माण, प्रकाश–छायाँ व्यवस्थापनलगायत विषयमा सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण दिनेछन्। सहजीकरण NFPJ का कोषाध्यक्ष प्रदीप श्रेष्ठले गरेका हुन्।

यसअघि पहिलो संस्करण कोशी प्रदेशमा सम्पन्न भएको थियो भने तेस्रो संस्करण गण्डकी प्रदेश, पोखरामा आयोजना गरिनेछ।

Loading

Advertisement
Advertisement