दोधारा चाँदनी । दिपावलीको उल्लासमय अवसरमा दोधारा चाँदनी नगरपालिकामा आयोजित “७–ए साइड खुल्ला फुटबल कप २०८२” प्रतियोगिता मंगलबार सम्पन्न भएको छ।
प्रतिभा युवा क्लबको आयोजनामा सञ्चालन भएको उक्त प्रतियोगितामा १४ टिमले सहभागिता जनाएका थिए। खेलहरू दोधारा चाँदनी नगरपालिका–९ स्थित अम्बिका माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न भएका थिए।
फाइनल खेल बराल ब्रान्ड एफसी र न्यु तेज सुनचाँदी पसलबीच भएको थियो। निर्धारित समयसम्म दुवै टिमले १–१ गोल गरेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टीमा न्यु तेज सुनचाँदी पसल विजयी बन्न सफल भयो।
विजेता टिमले नगद रु. ५१ हजार १११ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता बराल ब्रान्ड एफसीले नगद रु. २५ हजार ५५५ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको आयोजक अध्यक्ष सन्दीप काजी बस्नेतले जानकारी दिए।
![]()