दोधारा चाँदनी खबर, कञ्चनपुर ।
‘न्याय, मुक्ति र आत्मसम्मान — आफ्नै लागि आफैं’ भन्ने मूल नारासहित सञ्चालित दलितका लागि दलित अभियान, नेपाल का अभियान प्रमुख खगेन्द्र सुनार कार्तिक ३ गते दोधारा चाँदनी नगरपालिकामा आउँदै छन्।
सुनारले दलित समुदायबीच अधिकार, समानता र आत्मसम्मानका विषयमा जनचेतना जगाउने उद्देश्यले आयोजना हुने नगरस्तरीय शुभकामना आदान–प्रदान तथा बृहत् जागरण सभा लाई सम्बोधन गर्ने कार्यक्रम रहेको नगर दलित समन्वय समिति, दोधारा चाँदनी नगरपालिकाका संरक्षक तथा दोधारा चाँदनी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष्य भक्त बहादुर सुनारले जनाएको छ।
कार्यक्रम कार्तिक ३ गते बिहान ११ बजे दोधारा चाँदनी नगरपालिकाको सभा हलमा आयोजना हुनेछ।
कार्यक्रमको आयोजना नगर दलित समन्वय समिति, दोधारा चाँदनी नगरपालिकाले गरेको हो।
आयोजक समितिका अध्यक्ष टिकाराम सार्कीका अनुसार कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय, विभिन्न दलका नेता तथा दलित समुदायका अगुवाहरूको उपस्थित रहने अपेक्षा गरिएको छ।
अभियानका प्रमुख खगेन्द्र सुनारले पछिल्ला वर्षमा देशभर दलित समुदायका समस्या र आवाजलाई संस्थागत ढङ्गले उठाउँदै आएका छन्।
दोधारा चाँदनीमा हुने यो सभा अभियानको कञ्चनपुर जिल्ला तहको महत्वपूर्ण कार्यक्रमका रूपमा लिइएको छ।
![]()