ट्रेण्डिङ

दोधारा-कञ्चनपुरको बेलौरी नगरपालिका-२, टेडुवा गाउँमा देखिएको भाले पाटेबाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट खटिएको उद्धार टोलीले नियन्त्रणमा लिएको छ। कटैनी नाला नजिकै फेला परेको बाघलाई आइतबार दिउँसो २:३० बजे डाट (सुलाउने औषधि) गरेर सुरक्षित रूपमा नियन्त्रणमा लिइएको हो।

गाईवस्तुमा आक्रमणपछि खोजी
चैत १५ गते साँझ पाटेबाघले स्थानीय हरि प्रसाद चौधरीको गोठबाट बाच्छोलाई आक्रमण गरेको थियो। त्यसपछि नजिकैको विमला चौधरीको गहुँबारीमा सुतेको अवस्थामा देखिएको बाघ आइतबार बिहानदेखि बेपत्ता भएपछि खोजी कार्य थालिएको थियो।

फोटो व्यवसायी विरु शाही र मोहन सिंह विष्टको ड्रोनको सहायताले खोजी गर्दा कटैनी नालामा बाघ फेला परेको थियो। त्यसपछि उद्धार टोली र वन कार्यालयको टोलीले निगरानी गर्दै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट मगाइएको हात्ती सहितको टोलीले बाघलाई नियन्त्रणमा लिएको कुण्डा सब-डिभिजन वन कार्यालयका प्रमुख दिनेश कुमार यादवले जानकारी दिनुभयो।

बाघको व्यवस्थापन
नियन्त्रणमा लिएको बाघलाई थप व्यवस्थापनका लागि डिभिजन वन कार्यालय, कञ्चनपुर पठाइने बताइएको छ।

बेलौरीमा यसअघि पनि बाघको आक्रमण
बेलौरी नगरपालिका-८, पचुईमा दुई वर्षअघि नरभक्षी बाघले एक महिलाको ज्यान लिएपछि नियन्त्रणमा लिएर काठमाडौं पठाइएको थियो।

उद्धार कार्यमा वन कार्यालयको टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधि तथा सुरक्षाकर्मी खटिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech