ट्रेण्डिङ

कञ्चनपुर, असोज ४ ।
श्री शिवशक्ति युवा विकास समाजको पहलमा सनिबार विभिन्न मन्दिरमा सरसफाइ अभियान सञ्चालन गरिएको छ। समाजका अध्यक्ष दिपक दमै र स-सचिव भिम श्रेष्ठको नेतृत्वमा शिव मन्दिर, पूर्णागिरि मन्दिर र देविस्थान मन्दिर परिसरमा सरसफाइ गरिएको हो।

कार्यक्रममा समाजका पदाधिकारी, स्थानीय युवा तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। सरसफाइ कार्यक्रममा मन्दिर परिसरका फोहर व्यवस्थापन, झाडी सफा गर्ने, वरिपरिको वातावरणलाई आकर्षक र पवित्र बनाउन सहयोग पुर्‍याउने कार्य गरिएको सहभागीहरूले बताएका छन्।

अध्यक्ष दिपक दमैले धार्मिक स्थल सफा राख्नु सम्पूर्ण श्रद्धालु भक्तजनको साझा जिम्मेवारी भएको भन्दै यस किसिमका अभियानलाई निरन्तरता दिने प्रतिवद्धता जनाए। स-सचिव भिम श्रेष्ठले समाजले सामाजिक, सांस्कृतिक र धार्मिक गतिविधिहरूमा निरन्तर सक्रिय भूमिका खेल्दै आएको जानकारी दिँदै सरसफाइले मात्र होइन, आपसी एकता र सहकार्यलाई समेत मजबुत बनाउने बताए।

स्थानीयवासीहरूले पनि मन्दिर सरसफाइ अभियानले वातावरण स्वच्छ बनाउन मात्र नभई युवालाई सामाजिक उत्तरदायित्वप्रति सजग गराएको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech