Clickable Banner Ad

दोधारा चाँदनीमा अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी प्रवोधिकरण कार्यक्रम सम्पन्न

दोधारा चाँदनी, कञ्चनपुर — अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ र नियमावली, २०७७ को प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने उद्देश्यसहित दोधारा चाँदनी नगरपालिकामा एक दिने प्रविधिकरण कार्यक्रम सम्पन्न भएको छ। सामाजिक विकास कार्यालय कञ्चनपुरको आयोजनामा सम्पन्न कार्यक्रमको सभाध्यक्ष सामाजिक विकास कार्यालयका प्रमुख गोपाल दत्त जोशी रहनु भएको थियो। दोधारा चाँदनी नगरपालिकाकी उपप्रमुख गंगादेवी जोशी प्रमुख अतिथिका … Read more

Loading

नगर प्रमुख आवासमा गुणस्तरहीन ब्लोक फिर्ता, नयाँ गुणस्तरीय ब्लोक उपलब्ध गराउने आश्वासन

दोधारा चाँदनी: दोधारा चाँदनी नगरपालिकामा विपन्न वर्गका लागि निर्माण भइरहेका आवासहरू मध्ये दोधारा चाँदनी नगरपालिका–१० भिम बहादुर सुनारको घरमा प्रयोग गरिएको सिमेन्ट ब्लोकको गुणस्तर कमजोर भएको दोधारा चाँदनी खबरले समाचार (भिडियो सहित) सार्वजनिक भएपछि जनप्रतिनिधि र स्थानीयवासीहरूबीच चासो बढेको थियो। नगर प्रमुख किशोर लिम्बुले यस विषयमा सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भने,“नगर प्रमुखको विपन्न आवास कार्यक्रम … Read more

Loading

दोधारा चाँदनीमा हिँसा पीडित महिलालाई संरक्षण गर्दै आएको संस्थालाई नगरपालिकाको सहयोग

कञ्चनपुर, दोधारा चाँदनी —महिलामाथि हुने हिंसा न्यूनीकरण तथा पीडितहरूको संरक्षणका लागि काम गर्दै आएको दिदीबहिनी संस्था नगरस्तरीय सेवा केन्द्र, दोधारा चाँदनीलाई दोधारा चाँदनी नगरपालिकाले राहत सामग्री प्रदान गरेको छ। २०८२ साल जेठ ५ गते नगर उपप्रमुखको कार्यकक्षमा आयोजित एक कार्यक्रममा नगर उपप्रमुख गंगा देवी जोशीले सेवा केन्द्रलाई ५ थान गद्दा, ५ थान कम्बल, ५ थान … Read more

Loading

भानु बहुमुखी क्याम्पसमा परीक्षा केन्द्र माग गर्दै विद्यार्थीहरूको ज्ञापन

भानु बहुमुखी क्याम्पसमा अध्ययनरत स्नातक तह चौथो वर्षका विद्यार्थीहरूले २०८२ साल जेठ २ गते क्याम्पस प्रशासनलाई ज्ञापनपत्र बुझाउँदै आफ्नै क्याम्पसलाई परीक्षा केन्द्र बनाउन माग गरेका छन्। त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालन हुने वार्षिक परीक्षाको परीक्षा केन्द्र श्सिद्धनाथ विज्ञान क्याम्पस, महेन्द्रनगर तोकिएपछि विद्यार्थीहरू असन्तुष्ट भएका हुन्। उनीहरूले टाढा रहेको परीक्षा केन्द्रमा पुग्न बिहानै उठ्नुपर्ने, यातायातको असहजता हुने … Read more

Loading

दोधारा चाँदनी–८ मा सम्पन्न IPM पाठशालाबाट कृषकहरू उत्साहित

कञ्चनपुर, जेठ ३ — कृषि ज्ञान केन्द्र कञ्चनपुरको आयोजनामा सञ्चालित एकता एकीकृत शत्रुजीव व्यवस्थापन (IPM) कृषक पाठशालाको समापन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। दोधारा चाँदनी नगरपालिका–८, जकटोलमा आयोजना गरिएको कार्यक्रममा सहभागी कृषकहरूले १६ हप्ते व्यावहारिक तालिम सफलतापूर्वक सम्पन्न गरेका हुन्। एकता IPM कृषक समूहका अध्यक्ष टिका मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका उपप्रमुख … Read more

Loading

फरवार्ड लघुवित्तको १२औं वार्षिक उत्सव दोधारा चाँदनीमा हर्षोल्लासका साथ सम्पन्न

कञ्चनपुर — फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १२औं वार्षिक उत्सव शनिबार दोधारा चाँदनीमा हर्षोल्लासका साथ सम्पन्न गरेको छ। संस्थाको शाखा कार्यालय दोधारा चाँदनीले विविध कार्यक्रमहरूसहित उत्सव मनाएको हो। उत्सवमा संस्थासँग आबद्ध महिला सदस्यहरू, कर्मचारी तथा स्थानीय सरोकारवाला पक्षहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा वित्तीय साक्षरता सम्बन्धी अन्तरक्रिया, अनुभव आदानप्रदान तथा सांस्कृतिक र उत्सवमूलक गतिविधिहरू … Read more

Loading

सिनियर राष्ट्रिय टोलीमा पुग्ने किरण ठगुन्नालाई भिमदत्त–११ द्वारा सम्मान

कञ्चनपुर, जेष्ट ३ – भिमदत्त नगरपालिका वडा नम्बर ११ ले पहिलोपटक नेपालकाे सिनियर राष्ट्रिय क्रिकेट टिममा समावेश हुन सफल स्थानीय खेलाडी किरण ठगुन्नालाई विशेष सम्मान गरेको छ। शनिबार आयोजित कार्यक्रममार्फत वडा अध्यक्ष प्रकाश थापाले ठगुन्नालाई मायाको चिनो प्रदान गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे। “हाम्रो स्थानीय युवा किरण ठगुन्ना देशको गहना बनेर राष्ट्रिय टोलीमा स्थान … Read more

Loading

उमेरले होइन, इच्छाशक्तिले जितिन्छ: ५२ वर्षमा कक्षा १ मा भर्ना भएकी वडासदस्य डल्लीदेवी

कञ्चनपुर — “पढ्नका लागि उमेर कहिल्यै तगारो हुँदैन” भन्ने उदाहरण प्रस्तुत गरेकी छन् कञ्चनपुरको लालझाडी गाउँपालिका–४ पर्सियाकी डल्लीदेवी चौधरीले। ५२ वर्षको उमेरमा गाउँकै स्वतन्त्र माध्यमिक विद्यालयमा कक्षा १ मा भर्ना भई पढ्न थालेकी डल्लीदेवी हाल वडासदस्य तथा विद्यालय व्यवस्थापन समितिको सदस्य समेत हुन्। सानैदेखि विद्यालय जान चाहेको भए पनि पारिवारिक र सामाजिक जिम्मेवारीका कारण उनको … Read more

Loading

दोधारा चाँदनीमा ‘आधारभूत खोज तथा उद्धार तालिम’ सम्पन्न

— बाढी प्रभावित बस्तीका प्रतिनिधि, सुरक्षाकर्मी र समुदायस्तरका उद्धार टोलीको सहभागिता कञ्चनपुर, दोधारा चाँदनी — जलवायु उत्थानशील समुदाय निर्माण गर्ने उद्देश्यले दोधारा चाँदनी नगरपालिकामा ‘आधारभूत खोज तथा उद्धार तालिम (Light Search and Rescue Training)’ सम्पन्न भएको छ। २०८२ साल बैशाख २५ गतेदेखि जेठ १ गतेसम्म सम्पन्न उक्त तालिम दोधारा चाँदनी नगरपालिकाको समन्वयमा नेपाल नेशनल सोसल … Read more

Loading

कञ्चनपुरका महाकाली तटीय क्षेत्रअन्तर्गत पर्ने ७ वटा वडालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

कञ्चनपुर, जेष्ट ०१ – कञ्चनपुरका महाकाली तटीय क्षेत्रअन्तर्गत पर्ने ७ वटा वडालाई सरकारले ३ महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। वैशाख २५ गते बसेको मन्त्रीपरिषद् बैठकको निर्णय अनुसार भीमदत्त नगरपालिकाका वडा नं. ११, १२, १३ र दोधारा चाँदनी नगरपालिकाका वडा नं. ३, ८, ९, १० संकटग्रस्त क्षेत्र घोषित भएका हुन्। सञ्चार, सूचना तथा … Read more

Loading