कञ्चनपुर, जेष्ट ३ – भिमदत्त नगरपालिका वडा नम्बर ११ ले पहिलोपटक नेपालकाे सिनियर राष्ट्रिय क्रिकेट टिममा समावेश हुन सफल स्थानीय खेलाडी किरण ठगुन्नालाई विशेष सम्मान गरेको छ।
शनिबार आयोजित कार्यक्रममार्फत वडा अध्यक्ष प्रकाश थापाले ठगुन्नालाई मायाको चिनो प्रदान गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे। “हाम्रो स्थानीय युवा किरण ठगुन्ना देशको गहना बनेर राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका छन्, यो हामी सबैका लागि गौरवको कुरा हो,” अध्यक्ष थापाले भने, “उहाँको निरन्तर प्रगति र सफलताले शिखर चुम्दै जाओस् भन्ने कामना गर्दछु।”
कार्यक्रममा अन्य स्थानीय जनप्रतिनिधि, खेलकुदप्रेमी, युवा तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।
सम्मानपछि किरण ठगुन्नाले संक्षिप्त मन्तव्य दिँदै नेपाली क्रिकेटमा थप योगदान दिने प्रतिबद्धता व्यक्त गरे। “स्थानीय तहको यस्तो सम्मानले झनै हौसला मिलेको छ,” उनले भने, “आगामी दिनमा नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउने लक्ष्य लिएर अघि बढ्नेछु।”
वडाले गरेको सम्मान कार्यक्रमले स्थानीय युवा खेलाडीहरूमा थप उत्साह र प्रेरणा जगाउने अपेक्षा गरिएको छ।
![]()