Clickable Banner Ad

SARC Education ले सुरु गर्‍यो +2 तहमा Science र Management सहित सुरु गर्‍यो Business College, दोधारा चाँदनीका विद्यार्थीलाई छात्रवृत्ति र बस सेवा सुविधा

दोधारा चाँदनी । कञ्चनपुरको भीमदत्त नगरपालिका–६, महेन्द्रनगरस्थित SARC Education ले दोधारा चाँदनी क्षेत्रका विद्यार्थीहरूलाई लक्षित गर्दै विज्ञान (Science) र व्यवस्थापन (Management) विषयमा गुणस्तरीय शिक्षा सञ्चालन गर्दै आएको जनाएको छ ।

Advertisement

संस्थाले अब +2 तहका लागि Business College समेत सञ्चालनमा ल्याएको छ । यससँगै स्थानीय विद्यार्थीहरूले आफ्नै क्षेत्रमै बसेर आधुनिक व्यवसाय शिक्षा हासिल गर्न सक्ने अवसर पाएका छन् ।

विद्यार्थीहरूको सहज आवतजावतका लागि SARC Education ले दोधारा चाँदनी क्षेत्रका विभिन्न स्थान समेटेर बस सेवाको व्यवस्था गरेको छ । बिहान र दिउँसो दुवै समयमा बस सञ्चालन हुने भएकाले विद्यार्थी तथा अभिभावकलाई थप सुविधा हुने अपेक्षा गरिएको छ ।

त्यसैगरी, दोधारा चाँदनी क्षेत्रका विद्यार्थीहरूका लागि विशेष छात्रवृत्ति (Scholarship) को व्यवस्था गरिएको संस्थाले जनाएको छ । यसले आर्थिक रूपमा कमजोर तथा जेहेन्दार विद्यार्थीहरूलाई उच्च शिक्षामा प्रोत्साहन मिल्ने विश्वास गरिएको छ ।

दोधारा चाँदनी क्षेत्रमा गुणस्तरीय शैक्षिक अवसर विस्तार हुनु स्थानीय शिक्षा विकासका लागि सकारात्मक र महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

Loading

Advertisement
Advertisement