Clickable Banner Ad

जेनजी आन्दोलन छानबिन प्रतिवेदन प्रधानमन्त्री समक्ष बुझियो

काठमाण्डौ – गत भदौ २३–२४ गतेका जेनजी आन्दोलनका घटनाक्रम र सरकारी दमनबारे छानबिन गर्न गठित उच्चस्तरीय आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्की समक्ष बुझाएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले बीबीसीसँग पुष्टि गर्दै आयोगका पदाधिकारीहरूले सिंहदरबारमा प्रतिवेदन बुझाएको जानकारी दिए। आयोगको नेतृत्व पूर्वविशेष अदालत अध्यक्ष गौरीबहादुर कार्कीले गरेका छन् भने सदस्यमा पूर्व एआईजी विज्ञानराज शर्मा … Read more

Loading

पैसा पुरै तिरेर जाँच गर्दा पनि अधुरो रिपोर्ट! महाकाली अस्पतालमाथि गम्भीर प्रश्न

दोधारा चाँदनी- शनिबार बिहान महाकाली प्रादेशिक अस्पतालमा सेवा व्यवस्थापनबारे प्रश्न उठ्ने घटना बाहिर आएको छ। गम्भीर स्वास्थ्य समस्या भएका बिरामीलाई अस्पताल ल्याउँदा घण्टौँसम्म चिकित्सक नपाएको र परीक्षण रिपोर्टसमेत अधुरो दिइएको गुनासो आएको हो। बिहान करिब ५ बजे हार्ट फेलियर, खुट्टामा सुजन तथा पेट र फोक्सोमा पानी भरिएको अवस्था भएका बिरामीलाई उपचारका लागि अस्पताल ल्याइएको थियो। … Read more

Loading

कञ्चनपुर–२ मा रास्वपाका बोहरा भारी मतान्तरसहित विजयी

दोधारा चाँदनी- प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ। सार्वजनिक परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दीपकराज बोहरा ३३ हजार ९५२ मतसहित विजयी भएका छन्।उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नारायण प्रकाश साउदले १० हजार ८२७ मत प्राप्त गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का … Read more

Loading

दोधारा चाँदनीमा उत्साहजनक सहभागिता१६ मतदान केन्द्रबाट १५ हजार ५७५ मत खस्यो

दोधारा चाँदनी-कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा आज सम्पन्न मतदानमा मतदाताको उल्लेखनीय सहभागिता देखिएको छ। नगरपालिकाभर रहेका १६ वटा मतदान केन्द्रबाट हालसम्म कुल १५ हजार ५७५ मत खसेको विवरण प्राप्त भएको छ। नगरपालिकाको कुल मतदाता संख्या २७ हजार ६१७ रहेको छ। यस आधारमा दोधारा चाँदनीमा करिब ५६ दशमलव ३८ प्रतिशत मतदान भएको देखिएको छ। सबैभन्दा बढी मत … Read more

Loading

महाकाली नदीमा डुबेर १६ वर्षीया किशोरीको मृत्यु

दोधारा चाँदनी नगरपालिका–९ निवासी १६ वर्षीया भावना ढोलीको महाकाली नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको छ।नदीमा डुबेको अवस्थामा स्थानीयले उद्धार गरी दोधारा चाँदनी नगर अस्पताल पुर्‍याएका थिए। उपचारको प्रयास भए पनि चिकित्सक टोलीले उनलाई मृत घोषणा गरेको जनाएको छ।घटनाबारे इलाका प्रहरी कार्यालय दोधारा चाँदनी ले जानकारी दिएको हो। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

Loading

धनगढी–१३ मा दुई समूहबीच झडप, १२ जना नियन्त्रणमा

धनगढी-कैलालीको धनगढी उपमहानगरपालिका–१३ मा मंगलबार साँझ दुई समूहबीच झडप भएको छ। केटाहरूको समूहबीच भएको उक्त झडपमा केही व्यक्ति घाइते भएका छन् भने प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलाली का अनुसार झडपको कारणबारे हालसम्म विस्तृत विवरण प्राप्त हुन सकेको छैन। स्थिति नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल … Read more

Loading

कञ्चनपुरमा निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरमा निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीका अनुसार लालझाडी गाउँपालिका–३ बल्मी घर भई पुनर्बास नगरपालिका–९ सिताबस्तीस्थित जीवनशक्ति आधारभूत मतदानस्थलमा खटिएका निर्वाचन प्रहरी ३५ वर्षीय मानसिंह रानाको मृत्यु भएको हो … Read more

Loading

कञ्चनपुर जिल्ला क्षेत्र नम्बर–३ : मितेरी पार्टी उम्मेदवार कांग्रेसमा प्रवेश, जित सुनिश्चित भएको दाबी

कञ्चनपुर क्षेत्र नम्बर–३ का मितेरी पार्टीका उम्मेदवार किरण थापा औपचारिक रूपमा नेपाली कांग्रेस मा प्रवेश गरेका छन्। आयोजित कार्यक्रममा उनले कांग्रेसको सदस्यता ग्रहण गर्दै आगामी निर्वाचनमा कांग्रेसका आधिकारिक उम्मेदवारलाई समर्थन गर्ने घोषणा गरे।यस क्षेत्रमा कांग्रेसका उम्मेदवार हरि प्रसाद बोहरा रहेका छन्। थापाको प्रवेशसँगै बोहराको पक्षमा माहोल थप बलियो बनेको कांग्रेस नेताहरूको दाबी छ।कार्यक्रममा बोल्दै थापाले … Read more

Loading

दोधारा चाँदननीमा बालक लाई मोटरसाइकलको ठक्कर, चालक फरार

दोधारा– दोधाराचाँदनी नगरपालिका वडा नम्बर २ निवासी अन्दाजी ८ वर्षीय सन्दिप चन्दलाई साइकलमा हिँडिरहेका बेला मोटरसाइकलले ठक्कर दिएको छ। ठक्करपछि मोटरसाइकल चालक घटनास्थलबाट फरार भएको स्थानीयले बताएका छन्।दुर्घटनामा घाइते भएका बालकको खुट्टा र टाउकोमा चोट लागेको छ। उनलाई उपचारका लागि दोधारा चाँदनी नगर अस्पताल मा लगिएको छ।प्रहरीले फरार चालकको खोजी तथा घटनाबारे थप अनुसन्धान सुरु … Read more

Loading

मतदाताको हार्दिकता बटुल्दै ‘हरि बोहरा’

महेन्द्रनगर, १३ फागुनः आसन्न फागुन २१ गते हुने प्रतिनिधीसभा सदस्य निर्वाचनमा यहाँको निर्वाचन क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका उम्मेदवार हरिप्रसाद बोहरा मतदातको हार्दिकता बटुल्न व्यस्त छन् ।नेपाली कांग्रेसको पुर्व पार्टी सभापति समेत रहनु भएका नेता बोहरा कांग्रेस कञ्चनपुरको मात्र नभई जिल्लाकै इमान्दार राजनीतिज्ञमा पर्छन् । सामाजिक सेवामा समेत अग्रसर रहने बोहरा यतिबेला सिंगो पार्टीको … Read more

Loading