कञ्चनपुर क्षेत्र नम्बर–३ का मितेरी पार्टीका उम्मेदवार किरण थापा औपचारिक रूपमा नेपाली कांग्रेस मा प्रवेश गरेका छन्। आयोजित कार्यक्रममा उनले कांग्रेसको सदस्यता ग्रहण गर्दै आगामी निर्वाचनमा कांग्रेसका आधिकारिक उम्मेदवारलाई समर्थन गर्ने घोषणा गरे।
यस क्षेत्रमा कांग्रेसका उम्मेदवार हरि प्रसाद बोहरा रहेका छन्। थापाको प्रवेशसँगै बोहराको पक्षमा माहोल थप बलियो बनेको कांग्रेस नेताहरूको दाबी छ।
कार्यक्रममा बोल्दै थापाले क्षेत्रको विकास र राजनीतिक स्थायित्वका लागि कांग्रेसको नीति उपयुक्त लागेको बताए। उनले अब आफू र आफ्ना समर्थकहरू पूर्ण रूपमा कांग्रेसको अभियानमा लाग्ने स्पष्ट पारे।
स्थानीय नेताहरूले मितेरी पार्टीका उम्मेदवार नै कांग्रेसमा समाहित भएपछि कञ्चनपुर–३ मा कांग्रेसको जित सुनिश्चित भएको दाबी गरेका छन्। यस घटनापछि क्षेत्रको चुनावी समीकरणमा स्पष्ट परिवर्तन आएको देखिएको छ।
![]()