Clickable Banner Ad

दोधारा चाँदननीमा बालक लाई मोटरसाइकलको ठक्कर, चालक फरार

दोधारा– दोधाराचाँदनी नगरपालिका वडा नम्बर २ निवासी अन्दाजी ८ वर्षीय सन्दिप चन्दलाई साइकलमा हिँडिरहेका बेला मोटरसाइकलले ठक्कर दिएको छ। ठक्करपछि मोटरसाइकल चालक घटनास्थलबाट फरार भएको स्थानीयले बताएका छन्।
दुर्घटनामा घाइते भएका बालकको खुट्टा र टाउकोमा चोट लागेको छ। उनलाई उपचारका लागि दोधारा चाँदनी नगर अस्पताल मा लगिएको छ।
प्रहरीले फरार चालकको खोजी तथा घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।

Advertisement

Loading

Advertisement
Advertisement