Clickable Banner Ad

विपद्का बीच साहसिक उद्धारमा खटिएका नरेन्द्र बुढा सम्मानित

दोधारा चाँदनी, कञ्चनपुर — बाढी लगायत विभिन्न विपद्का घटनाहरूमा जोखिम मोलेर उद्धार कार्यमा सक्रिय भूमिका निर्वाह गरेका दोधारा चाँदनी नगरपालिका–१० का युवा नरेन्द्र बुढा सम्मानित भएका छन्।नेपाल सरकार, गृह मन्त्रालय अन्तर्गत सशस्त्र प्रहरी बल नं. ७ बैद्यनाथ वाहिनी मुख्यालय, अत्तरिया कैलालीले बुढालाई प्रशंसा–पत्र प्रदान गर्दै सम्मान गरेको हो। विपद्का घटनाहरूमा खोज तथा उद्धार कार्यमा सक्रिय … Read more

Loading

बन धितो राखेर कारोबार: दोधारा चाँदनीमा ठूलो खुलासा

दोधारा चाँदनी, कञ्चनपुर — दोधारा चाँदनी नगरपालिका–४ स्थित झोलुंगे पुल नजिक रहेको सामुदायिक बन व्यक्तिको नाममा दर्ता गरिएको विषय सार्वजनिक भएको छ। उक्त बन लामो समयदेखि स्थानीय ३५ घरधुरीले सामूहिक रूपमा प्रयोग गर्दै आएको बताइन्छ। स्थानीय धन सिंह ठगुन्नाका अनुसार बन फिर्ता ल्याउन पटक–पटक प्रयास गरिए पनि सफल हुन सकेको छैन। “हामीले धेरै कोसिस गर्‍यौँ, … Read more

Loading

डा. गगन चौधरीको अपिल: राजनीतिक विभाजन अन्त्य गरी विकास र सहकार्यमा जुट्न आग्रह

दोधारा चाँदनी — स्थानीय स्वास्थ्यकर्मी तथा सामाजिक सरोकारमा सक्रिय डा. गगन चौधरी ले वर्तमान राजनीतिक वातावरणमा देखिएको बढ्दो ध्रुवीकरण, सामाजिक सञ्जालमा फैलिँदो आरोप–प्रत्यारोप र वैचारिक विभाजनप्रति चिन्ता व्यक्त गर्दै सहकार्य र विकासमुखी सोच आवश्यक रहेको बताएका छन्। उनका अनुसार राजनीतिक दलप्रति आस्था राख्नु लोकतान्त्रिक अधिकार भए पनि देशको समग्र आर्थिक र नैतिक विकासलाई सबैभन्दा माथि … Read more

Loading

दोधारा चाँदनीमा प्रजनन स्वास्थ्य सेवा सुदृढीकरणका लागि अभिमुखीकरण सम्पन्न

भोजराज अवस्थीदोधारा चाँदनी नगरपालिका–१, चैत १७, २०८२ दोधारा चाँदनी नगरपालिका–१ मा प्रजनन स्वास्थ्य रुग्णता सेवा सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। स्थानीय तहमा प्रजनन स्वास्थ्य सेवा प्रभावकारी बनाउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको हो। सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय तथा स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित … Read more

Loading

लक्ष्मी माध्यमिक विद्यालयमा विद्यार्थी भेटघाट तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

बिकाश पौडेल-स्वतन्त्र विद्यार्थी युनियनद्वारा आज लक्ष्मी माध्यमिक विद्यालयमा विद्यार्थी भेटघाट तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा विद्यार्थीहरूबीच आपसी चिनजान, सहकार्य र एकताको भावना अभिवृद्धि गर्ने उद्देश्यले अन्तरक्रियात्मक छलफल गरिएको थियो। सहभागीहरूले आगामी शैक्षिक गतिविधि, विद्यार्थीका समस्या तथा समाधानका उपायबारे आफ्ना धारणा राखेका थिए। कार्यक्रममा क्याम्पसका सहायक प्रमुख गगन खड्का र भानु बहुमुखी क्याम्पस … Read more

Loading

दोधारा चाँदनीमा फेरि सीमा विवाद, भारतीय पक्षले गाडेको झन्डा हटाइयो

दोधारा चाँदनी- कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–सुन्दरनगर क्षेत्रमा पुनः सीमा विवाद देखिएको छ। स्थानीय बासिन्दाका अनुसार भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मीले नेपाली भूभागभित्र झन्डा गाडेका थिए। घटनाबारे जानकारी पाएलगत्तै स्थानीय बासिन्दा र नेपाली प्रशासन उक्त स्थानमा पुगेर कडा असहमति जनाएका थिए। त्यसपछि विवादित क्षेत्रमा गाडिएको झन्डा हटाइएको छ। सशस्त्र प्रहरी बल नेपालले भने यस्तो … Read more

Loading

नेपाली कांग्रेसका बोहोराले बुझाए चुनावी खर्च विवरण

कञ्चनपुर — नेपाली कांग्रेसका तर्फबाट कञ्चनपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार रहेका हरिप्रसाद बोहोराले निर्वाचनमा भएको खर्चको विवरण निर्वाचन आयोगमा पेश गरेका छन्। पेश गरिएको विवरण अनुसार निर्वाचन अभियानका क्रममा विभिन्न शीर्षकमा गरी रु २३ लाख ९ हजार ९९९ खर्च भएको उल्लेख गरिएको छ। विवरण अनुसार मतदाता नामावली खरिदमा रु ३ हजार, सवारी … Read more

Loading

दोधारा चाँदनीमा पीएम कप क्याम्प सञ्चालन, स्थानीय क्रिकेट विकासमा टेवा पुग्ने अपेक्षा

दोधारा चाँदनी- कञ्चनपुरको दोधारा चाँदनी मा प्रधानमन्त्री कपका लागि तयारीस्वरूप क्रिकेट क्याम्प सञ्चालन हुने भएको छ। स्थानीय क्रिकेट वातावरण र खेलाडीहरूको सक्रियतालाई मध्यनजर गर्दै यहाँ प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागिएको हो। दोधारा चाँदनी को क्रिकेटिङ वातावरणलाई ध्यानमा राख्दै कञ्चनपुर जिल्ला क्रिकेट संघ र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघ बीचको समन्वयमा प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट … Read more

Loading

बुद्धनगरमा मोटरसाइकल र स्कुटी एकआपसमा ठोक्किँदा दुई जना घाइते

बिकाश पौडेल- कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ बुद्धनगरमा मोटरसाइकल र स्कुटी एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। दोधारा चाँदनी–७ कञ्चनभोज निवासी २६ वर्षीय सोनु सुनारले चलाएको भारतीय नम्बरको मोटरसाइकल (UK06A 06463) र दोधारा चाँदनी–८ निवासी २५ वर्षीय राम कुमार खड्काले चलाएको स्कुटी (UK06AE 2967) एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा स्कुटीमा सवार दोधारा चाँदनी–८ निवासी … Read more

Loading

लापरवाहीको समाचार बाहिरिएपछि अस्पतालको फोन आतंक: बिरामीका आफन्तसँग सोधपुछ, कल रेकर्डसमेत गरेको आरोप

दोधारा चाँदनी- भीमदत्तस्थित महाकाली प्रादेशिक अस्पताल मा उपचार सेवामा लापरवाही भएको समाचार सार्वजनिक भएपछि अस्पतालका कर्मचारीहरूले बिरामीका आफन्तलाई फोन गरेर सोधपुछ गरेको र कल रेकर्डसमेत गरेको आरोप लागेको छ। बिरामीका आफन्तका अनुसार अस्पतालको सेवा लापरवाहीबारे समाचार बाहिरिएलगत्तै अस्पतालका कर्मचारीहरूले पटक–पटक फोन गरेर घटनाबारे सोधपुछ गरेका थिए। फोनका क्रममा कुराकानी कल रेकर्डसमेत गरिएको उनीहरूको भनाइ छ। … Read more

Loading