दोधारा चाँदनी- कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–सुन्दरनगर क्षेत्रमा पुनः सीमा विवाद देखिएको छ। स्थानीय बासिन्दाका अनुसार भारतीय सीमा सुरक्षा बल (एसएसबी) का सुरक्षाकर्मीले नेपाली भूभागभित्र झन्डा गाडेका थिए।
घटनाबारे जानकारी पाएलगत्तै स्थानीय बासिन्दा र नेपाली प्रशासन उक्त स्थानमा पुगेर कडा असहमति जनाएका थिए। त्यसपछि विवादित क्षेत्रमा गाडिएको झन्डा हटाइएको छ।
सशस्त्र प्रहरी बल नेपालले भने यस्तो संवेदनशील सीमाक्षेत्रमा निगरानी र समन्वय अझ सुदृढ बनाउने काम जारी रहने जनाएको छ।
दोधारा चाँदनी क्षेत्र विगतदेखि नै सीमा विवादका कारण चर्चामा रहँदै आएको छ। स्थानीयले यस्ता समस्या शान्तिपूर्ण संवादमार्फत समाधान गर्नुपर्नेमा जोड दिँदै आएका छन्।
![]()