ट्रेण्डिङ

ताजा अपडेट

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–९, रिगौनास्थित खेलकुद मैदानमा वाटिका क्लबको आयोजनामा सम्पन्न टी–१० क्रिकेट प्रतियोगिताको फाइनल खेल विवादमा परेको छ। अन्तिम बलको निर्णयलाई लिएर विवाद उत्पन्न भएपछि आयोजकले दुवै टोलीलाई संयुक्त विजेता घोषणा गर्दै पुरस्कार रकम आधा आधा बाँड्ने निर्णय गरेको बताइएको छ।

प्रतियोगिताको फाइनलमा भीमदत्त नगरपालिका–१३ र दोधारा चाँदनी नगरपालिका–५ बीच प्रतिस्पर्धा भएको थियो। कार्यक्रममा भीमदत्त नगरपालिकाकी उपप्रमुख निलम लेखक विशिष्ट अतिथि तथा सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री प्रकाश रावल प्रमुख अतिथिका रूपमा सहभागी थिए।

खेलमा टस जितेर पहिले फिल्डिङ रोजेको दोधारा चाँदनी नगरपालिका–५ ले भीमदत्त नगरपालिका–१३ लाई ८९ रनमा रोकेको थियो। त्यसपछि ९० रनको लक्ष्य पछ्याएको दोधारा चाँदनी–५ ले अन्तिम ओभरसम्म संघर्षपूर्ण खेल खेलेको थियो।

खेलको निर्णायक क्षणमा दोधारा चाँदनी–५ लाई अन्तिम बलमा जितका लागि तीन रन आवश्यक थियो। उक्त बल लेग साइडतर्फको बाउन्ड्री नजिक पुगेपछि विवाद सुरु भएको हो।

दोधारा चाँदनी–५ का समर्थक तथा केही प्रत्यक्षदर्शीले विकेटकिपरले बाउन्ड्रीबाहिरबाट बल समातेको दाबी गरेका छन्। उनीहरूले बल बाउन्ड्री पार गरेको देखिएको भन्दै चौका हुनुपर्ने जिकिर गरेका थिए। यस विषयमा भिडियोसमेत रहेको समर्थकहरूको भनाइ छ। यद्यपि, भिडियोको स्वतन्त्र पुष्टि हुन सकेको छैन।

अम्पायरको निर्णयमै अन्योल !

अन्तिम बलको निर्णयपछि खेलको नतिजाबारे अन्योल सिर्जना भएको थियो। उपलब्ध विवरणअनुसार सुरुमा चौका नभएको निर्णय सुनाइएको, त्यसपछि बललाई ‘डेड बल’ घोषणा गरिएको र पुनः सुपर ओभर खेलाउने निर्णय सुनाइएको बताइएको छ।

तर, त्यसपछि दुवै टोलीलाई विजेता घोषणा गर्दै प्रथम र दोस्रो हुने टोलीका लागि छुट्याइएको पुरस्कार रकम जोडेर आधा–आधा वितरण गर्ने निर्णय सार्वजनिक गरिएको थियो। ट्रफी भने आयोजकले नै राख्ने निर्णय भएको बताइएको छ।

एउटै खेलमा पटक पटक निर्णय परिवर्तन भएको भन्ने विषयले खेलाडी, समर्थक तथा खेलप्रेमीबीच प्रश्न उठाएको छ। क्रिकेटमा निर्णायकको निर्णयले खेलको नतिजा निर्धारण गर्ने भएकाले यस्तो संवेदनशील अवस्थामा स्पष्ट, एकरूप र नियमसम्मत निर्णय अपेक्षित हुन्छ।

ट्रफी आयोजकले नै राख्ने भएपछि मन्त्री फर्किए

अन्ततः आयोजकले दुवै टोलीलाई संयुक्त विजेता घोषणा गर्दै पुरस्कार रकम बराबर बाँड्ने निर्णय गरेको बताइएको छ। तर, आफूहरू विजयी भएको दाबी गर्दै दोधारा चाँदनी नगरपालिका–५ को टोली पुरस्कार रकम नलिई फर्किएको थियो।

ट्रफी आयोजकले नै राख्ने निर्णय भएपछि प्रमुख अतिथिका रूपमा उपस्थित सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री प्रकाश रावल ट्रफी वितरण नगरी फर्किएका थिए।

खेलकुद प्रतियोगिता आयोजना गर्नुको उद्देश्य खेलाडीको प्रतिभा उजागर गर्नु, खेलभावना विकास गर्नु र स्थानीयस्तरमा खेलकुदको प्रवर्द्धन गर्नु हो। तर, फाइनल खेलमै निर्णायकको निर्णय र पुरस्कार वितरणलाई लिएर विवाद उत्पन्न हुनु आयोजकका लागि पनि प्रश्नको विषय बनेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech