कञ्चनपुर: कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ स्थित प्रहरी चौकी नजिकै सडकमा अचेत अवस्थामा फेला परेका गुलाब सिंह सुनारको मृत्यु भएको छ।
अन्दाजी ४७ वर्षीय सुनारलाई बिहान करिब १० बजे सडकमा अचेत अवस्थामा फेला पारिएको थियो। उनलाई उपचारका लागि बिहान ११ बजे दोधारा चाँदनी नगर अस्पताल पुर्याइएकोमा अस्पतालले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्षक कृष्ण सोनीले जानकारी दिए।

कोहलपुर घर भएका सुनार पछिल्लो समय दोधारा चाँदनीको बाबाथान आसपास बस्दै आएका थिए।
सुनारको मृत्यु हुनुको कारणबारे भने थप विवरण खुल्न बाँकी छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।



