ट्रेण्डिङ

ताजा अपडेट

 दोधारा चाँदनी- कञ्चनपुरको दोधारा चाँदनीमा परम्परागत रूपमा मनाइँदै आएको घोडेजात्रा पर्वलाई यस वर्ष पनि भव्य रूपमा मनाउने तयारी गरिएको छ। स्थानीय मौलिक संस्कृति, ऐतिहासिक परम्परा र सामुदायिक एकताको प्रतीकका रूपमा रहेको घोडेजात्रा पर्वलाई संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यले आयोजक समिति जुटेको छ।

आयोजकका अनुसार दोधारा चाँदनीमा विसं २०३४ सालदेखि अग्रजहरूले सुरु गरेको घोडेजात्रा पर्वलाई निरन्तरता दिँदै यस वर्षसम्म आइपुगेको हो। विशेषगरी भाइटिकाको भोलिपल्ट मनाइने यस पर्वमा पैँचरी नाच, मयूर नाचलगायत विभिन्न परम्परागत नृत्य, गीत तथा सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गर्ने चलन रहेको छ।

आयोजकले दैलेख, सुर्खेत, सल्यान, जाजरकोटलगायत जिल्लाहरूमा समेत यस्ता पर्व तथा परम्पराहरू मनाइने उल्लेख गर्दै स्थानीयस्तरमा पुस्तौँदेखि चलिआएको संस्कृतिलाई लोप हुन नदिन आफूहरू सक्रिय रहेको बताएका छन्।

नयाँ पुस्ताले समेत आफ्नो मौलिक संस्कृति र परम्पराको महत्व बुझेर यसलाई निरन्तरता दिन सकोस् भन्ने उद्देश्यले घोडेजात्रा कार्यक्रम आयोजना गरिँदै आएको आयोजकको भनाइ छ।

यस वर्षको घोडेजात्रा कार्यक्रम २०८३ कार्तिक २६ देखि २७ गतेसम्म दोधारा चाँदनी नगरपालिका–८, देउराली घाट, कञ्चनपुरमा आयोजना हुने जनाइएको छ।

‘घोडेजात्रा हाम्रो गौरव, संस्कृति हाम्रो पहिचान’ भन्ने नारासहित आयोजना हुन लागेको कार्यक्रममा उपस्थितिका लागि आयोजक समितिले सम्पूर्ण स्थानीयवासी तथा संस्कृतिप्रेमीलाई हार्दिक निमन्त्रणा गरेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech