दोधारा चाँदनी। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा पहिलो पुरुष भेट्रान खसी कप भलिबल प्रतियोगिता सुरु भएको छ।
दोधारा चाँदनी नगर खेलकुद विकास समिति र हिमालय मध्यवर्ती उपभोक्ता समितिको संयुक्त आयोजनामा नगरपालिकाको वडा नं. ५ स्थित महाकाली माता मन्दिर प्राङ्गणमा प्रतियोगिता सुरु भएको हो।

नगर खेलकुद विकास समितिका अध्यक्ष तेजराज गिरीका अनुसार प्रतियोगितामा दोधारा चाँदनी नगर क्षेत्रका ५ टोली सहभागी भएका छन्।
प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख किशोर कुमार लिम्बुले दोधारा चाँदनीलाई खेलकुदको माध्यमबाट परिचित गराउने योजनाअनुसार नगरपालिकाले खेल क्षेत्रमा लगानी गर्दै आएको बताउनुभयो।
उहाँले लागूऔषध दुर्व्यसनलाई निरुत्साहित गर्न तथा युवाहरूमा खेलकुदप्रतिको रुचि बढाउन नगरपालिकाले विभिन्न समयमा प्रतियोगिता आयोजना गर्दै आएको बताउनुभयो।



