कैलाली। सशस्त्र प्रहरीले भारतबाट अवैध बाटो प्रयोग गरी ल्याइएका दीपावलीका विभिन्न सामग्रीसहित दुई जनालाई पक्राउ गरेको छ।
२०८३ कात्तिक १८ गते साँझ जिल्ला कैलालीको धनगढी उपमहानगरपालिका–४ स्थित बसपार्क क्षेत्रमा विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म त्रिनगरबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा बा १२ च ५६६० नम्बरको रातो कारमा लुकाइछिपाइ ल्याइएका दीपावलीका विभिन्न सामग्री बरामद गरेको हो।

प्रहरीका अनुसार बरामद सामग्री र कारको कुल मूल्य २१ लाख २९ हजार ९३० रुपैयाँ रहेको छ।
घटनामा भारतको उत्तर प्रदेश राज्य, लखिमपुर खिरी जिल्ला, पलिया निवासी अन्दाजी १९ वर्षीय सुजन गुप्ता र धनगढी उपमहानगरपालिका–४, उत्तरबेहडीका अन्दाजी २० वर्षीय प्रविण बराललाई पक्राउ गरिएको छ।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।



