ट्रेण्डिङ

ताजा अपडेट

कञ्चनपुर । ‘हाम्रो आवाज : चेलीबेटी बेचबिखनमुक्त समाज’ भन्ने नारासहित कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ स्थित राना थारु सामुदायिक होमस्टेमा किशोरीहरूलाई मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कानुनी अनुशिक्षण प्रदान गरिएको छ।

माइती नेपाल कञ्चनपुरको आयोजनामा मानव बेचबिखनको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले राना थारु समुदायका किशोरीहरूको सहभागितामा एकदिने कानुनी अनुशिक्षण कार्यक्रम सम्पन्न भएको हो।

माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टका अनुसार विशेषगरी कमजोर आर्थिक तथा सामाजिक अवस्थाका परिवारलाई लक्षित गरी सम्भावित जोखिमबारे सचेत गराउन कार्यक्रम आयोजना गरिएको हो।

भट्टले पछिल्लो समय सामाजिक सञ्जाल र मोबाइल फोनको दुरुपयोगमार्फत मानव बेचबिखनका जोखिम बढ्दै गएको उल्लेख गर्दै किशोरकिशोरी तथा महिलालाई समयमै सचेत गराउन आवश्यक रहेको बताउनुभयो। अशिक्षा, बेरोजगारी, विभिन्न प्रलोभन, देखासिकी, झुटो प्रेमसम्बन्ध तथा सामाजिक सञ्जालको दुरुपयोग मानव बेचबिखनका प्रमुख जोखिमका रूपमा रहेको उहाँको भनाइ थियो।

अनुशिक्षणका क्रममा मानव बेचबिखन तथा ओसारपसारको परिभाषा, बेचबिखनका कारण, बदलिँदो स्वरूप, सम्भावित जोखिम, दलालले अपनाउने हतकण्डा तथा प्रचलित कानुनी प्रावधानबारे सहभागीलाई जानकारी गराइएको थियो। साथै बाल यौन शोषण तथा बाल यौन दुर्व्यवहारसम्बन्धी विषयमा समेत प्रशिक्षण दिइएको थियो।

कार्यक्रममा भीमदत्त नगरपालिका–१४ का वडा सदस्य मानबहादुर विष्टले चेलीबेटी बेचबिखनविरुद्ध समुदायस्तरमा सचेतना फैलाउनु आवश्यक रहेको बताउनुभयो। उहाँले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी कानुनी अनुशिक्षण सञ्चालन गरेकोमा माइती नेपाल कञ्चनपुरलाई धन्यवाद दिनुभयो।

कार्यक्रममा सहभागी किशोरीहरूले आफ्नै बस्तीमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा आफू र समुदायको भूमिका के हुन सक्छ भन्ने विषयमा जानकारी पाएको भन्दै खुसी व्यक्त गरेका थिए। उनीहरूले मानव बेचबिखन समाजको कलंक भएको उल्लेख गर्दै यसको रोकथामका लागि प्रतिबद्ध भएर लाग्ने बताएका छन्।

माइती नेपाल कञ्चनपुरका अनुसार कार्यक्रममा राना थारु समुदायका २० जना किशोरी तथा अन्य सहभागीको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech