ट्रेण्डिङ

ताजा अपडेट

दोधारा चाँदनी, कात्तिक १६। दोधारा चाँदनी नगर खेलकुद समितिको आयोजनामा सञ्चालित ‘स्कुल प्राइड लिग (SPL-2) यू–१६ टी–२० क्रिकेट प्रतियोगिता २०८३’ को भव्य उद्घाटन गरिएको छ। दोधारा चाँदनी क्रिकेट ग्राउण्ड–२ मा आइतबार आयोजित उद्घाटन खेलमा नोबेल एकेडेमी विजयी भएको छ।

‘साना खेलाडी, ठूलो सपना’ भन्ने नारासहित सुरु भएको प्रतियोगिताको पहिलो खेलमा नोबेल एकेडेमीले उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेको हो।

युवा तथा उमेर समूहका खेलाडीहरूको प्रतिभा पहिचान, क्षमता विकास र स्थानीयस्तरमा क्रिकेट खेलको प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको नगर खेलकुद समितिले जनाएको छ।

प्रतियोगितामा दोधारा चाँदनी क्षेत्रका नौ विद्यालय सहभागी छन्। सहभागी विद्यालयलाई दुई समूहमा विभाजन गरिएको छ।

समूह ‘ए’ मा सगरमाथा विद्या मन्दिर, नोबेल एकेडेमी, ध्रुवतारा पब्लिक स्कुल, लिटिल स्टार र शारदा सरस्वती माध्यमिक विद्यालय रहेका छन्।

त्यसैगरी समूह ‘बी’ मा जनज्योति माध्यमिक विद्यालय, शंकर पार्वती माध्यमिक विद्यालय, कञ्चन लिटिल एन्जल बोर्डिङ स्कुल र हिमालयन चाँदनी एकेडेमी रहेका छन्।

उद्घाटन समारोहमा स्थानीय खेलकुद पदाधिकारी, शिक्षक, विद्यार्थी तथा खेलप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो। प्रतियोगिताका आगामी खेलहरू पनि नियमित तालिकाअनुसार दोधारा चाँदनी क्रिकेट ग्राउण्ड–२ मा सञ्चालन हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567 Dodharachandani Khabar Media dodharachandanikhabar@gmail.com +977 9806487050 +977 9860553567
logo Dodharachandani Khabar Media Pvt. Ltd.

हाम्रो टिम

भूपेन्द्र ओली
संस्थापक तथा सञ्चालक
रक्षा जोशी
सम्पादक
तमान सिंह गुरुङ
समाचार संयोजक
हरिभक्त खत्री
स्ट्रिन्जर
कपिल कुमार ओली
फोटो पत्रकार (क्यामेरापर्सन)
दिपेशराज पाण्डे
संवाददाता
AD
Dodharachandani Khabar Media Pvt. Ltd. मोबाइल: +977 9806487050 / 9860553567 इमेल: dodharachandanikhabar@gmail.com
Copyright © 2026 Dodharachandani Khabar Media Pvt. Ltd. All Rights Reserved.  |  Design and Developed by: Imagine Infotech